आज २०८१ साल कात्तिक २३ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल कात्तिक २३ गते शुक्रबारको राशिफल


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक २३ गते शुक्रबार तदनुसार सन् २०२४ नोभेम्बर ८ तारिख। कात्तिक शुक्ल पक्षको सप्तमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। विश्वास गरेका पात्रले धोका दिनेछन्। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढेमा दिन सहज हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : साना कुरामा रिस उठ्नसक्छ। शान्त बन्न सिक्नुपर्नेछ। स्वास्थ्यले साथ दिने योग छ। परिवारमा मेलमिलाप हुनेछ। राजनीति भन्दा कृषि र पशुपालनको क्षेत्रमा फाइदा हुनेछ। साथीभाइको सहयोग मिल्नेछ।

मिथुन : दिन सहज छ। संगठनमा तपाईंको कामको प्रशंसा हुनेछ। आफ्नै कारणले आफन्त टाढा हुनेछन्। बोलीमा ख्याल गर्नु राम्रो हुनेछ। परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : धेरै साथीको साथ पाउने दिन छ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। फलफूलको व्यापारमा फाइदा हुनेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : बोली र व्यवहारमा सचेत बन्नुपर्नेछ। फलामको व्यापारमा फाइदा हुनेछ। दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारको भावना नबुझ्नाले खटपटी बढ्नेछ।

कन्या : दिन सहज छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। निजी काममा भन्दा परोपकारमा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षाको नतिजा पर्खिएको भए राम्रो परिणाम आउनेछ। स्वास्थ्यले साथ दिनेछ।

तुला : अप्रिय खबरले मन दुःखी हुनेछ। प्राविधिक शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्ने योग छ।

वृश्चिक : बोलीको प्रभावले अरुको परोपकार गर्न सकिनेछ। समाजसेवामा झुकाव रहनाले परिवारलाई समय दिन कठिन हुनसक्छ। सामाजिक सेवाको अवसर मिल्नेछ। दाजुभाइको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ।

धनु : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। साथीभाइको साथ मिल्नेछ। राजनीतिक संगठनमा राम्रो पहुँच बन्नेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्ने जोखिम छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : तपाईंको राशिमा चन्द्रमा आइपुगेकाले मन खुशी हुनेछ। व्यवहारमा कुशलता प्रदर्शन गर्ने दिनछ। शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। परिवारमा खटपटी बढ्ने भएकाले थोरै बोल्नु राम्रो हुनेछ।

कुम्भ : स्वास्थ्यमा समस्या हुनसक्छ। टाउको दुख्ने र पेट सम्बन्धी समस्याले सताउने छ। मध्य साढेसाती दशाले सञ्चित धनको खर्च गराउन सक्छ। बिहान उठेर शिवको भजन र पुजन गरेमा दिन सहज बन्नेछ।

मीन : दिन राम्रो छ। आम्दानीका स्रोत धेरै छन्। विशेष गरेर दाजुभाइ र दिदीबहिनीले असहयोग गर्ने जोखिम छ। आफ्नो योजना सफल पार्न गणेशको पूजा गर्नु राम्रो हुनेछ। साथीभाइसँगको भेटले दिन सहज बन्नेछ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ५ : ०९ बजे

नारायणगढ–मुग्लिन सडकमा दुर्घटना : चार जनाको मृत्यु

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार

चिसोले खुट्टा फुट्यो ? अपनाउनुस् यी विधि

काठमाडौं– जाडोमा खुट्टा फुट्नु सामान्य समस्या हो । जाडो मौसम नजिकिँदै

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

धनुषा– उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ ।

लाङ्टाङमा हराएका विदेशी पर्यटक मृत भेटिए

रसुवा– लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका

जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा

बेलबारी– हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने