नारायणगढ-मुग्लिन सडक दुर्घटना : मृतकको संख्या पाँच पुग्यो « Khabarhub

नारायणगढ-मुग्लिन सडक दुर्घटना : मृतकको संख्या पाँच पुग्यो


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६-००१ ज. ०२९८ नम्बरको विद्युतीय हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा. प्र. ०३-००१ ख. २८१२ नम्बरको बस ठोक्किँएका हुन्।

प्रवक्ता रिजालका अनुसार बिहान ३ बजे भएको दुर्घटनामा विद्युतीय गाडीमा सवार यात्रुको मृत्यु भएको हो। मृतक गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङबाहेक अरुको पहिचान खुलिसकेको छैन।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेको भारतपुर अस्पताल र चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले बस चालक मकवानपुर हेटौडा उपमहानगर पालिका ९ का सूर्य विक्रम विष्टलाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

नारायणगढ–मुग्लिन सडकमा दुर्घटना : चार जनाको मृत्यु

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ८ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया