नारायणगढ–मुग्लिन सडकमा दुर्घटना : चार जनाको मृत्यु | Khabarhub Khabarhub

नारायणगढ–मुग्लिन सडकमा दुर्घटना : चार जनाको मृत्यु


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

चितवननारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय वाहन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । 

दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ७ : ०३ बजे

अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने

हैदाराबाद– पुष्पा शृङ्खलाका अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक

राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण

चितवनको फितलो ब्याटिङ, विराटनगरसँग ५१ रनको हार 

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको शुक्रबारको खेलमा चितवन राइनोजका ब्याटर

विराटनगरविरुद्ध संकटमा चितवन, गुम्यो ४ विकेट 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा चितवन

माओवादी बैठकको निष्कर्ष : सत्तातिर होइन, जनतातिर फर्किऊँ

काठमाडौं– नेकपा माओवादी केन्द्र स्थायी समितिको बैठकले माओवादी सत्तातिर  होइन