झुन्डिएको अवस्थामा १९ वर्षीय युवक मृत फेला « Khabarhub

झुन्डिएको अवस्थामा १९ वर्षीय युवक मृत फेला


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित एकजना युवकको शव रुख माथि झुन्डिएको अवस्थामा फेला परेको छ । युवकको हत्या गरिएको आशङ्का गरिएको छ ।

हरिपुर्वा ४ डुमरिया गाउँमा स्थानीय सिकिन्द्र रायको छोरा अन्दाजी १९ वर्षको धिरज रायको हाथ खुट्टा बाँधिएको तथा रुखमा झुन्डिएको अवस्थामा शव  फेला परेका हुन् ।

पीडित परिवारले कसैले धीरजको हत्या गरेर रुखमा झुन्ड्याएको हुनसक्ने दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि दीपक श्रेष्ठले घटनाको पुष्टि गरेका छन् । प्रवक्ता श्रेष्ठले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टरको कमाण्डमा विशेषज्ञको टोली घटनास्थल गएको जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  २ : ११ बजे

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित