‘सहरीकरणमा देखिएका चुनौती सम्बोधन गर्न राष्ट्रसङ्घसँग सहकार्य गरिने’ « Khabarhub

‘सहरीकरणमा देखिएका चुनौती सम्बोधन गर्न राष्ट्रसङ्घसँग सहकार्य गरिने’


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकका प्रमुख सहरी चुनौती सम्बोधन गर्न ‘यूनाइटेड नेसन्स ह्युमन सेटलमेन्ट प्रोग्राम’ (यूएन–ह्याबिटेट) सँग सहकार्य गरिने बताएका छन् ।

इजिप्टको कायरोमा जारी ‘वल्र्ड अर्बान फोरम’को कार्यक्रममा आज यूएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधि काजुको इसिगाकी र नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि हाना सिङ्गर ह्याम्डीसँग मन्त्री सिंहले द्विपक्षीय बैठक गरेका थिए । बैठकमा उनले नेपालले सामना गरिरहेको प्रमुख सहरी चुनौतीलाई सम्बोधन गर्न सहकार्य आवश्यक रहेकामा जोड दिएको उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा इसिगाकीले तथ्य र तथ्याङ्कमा आधारित योजनामा यूएन ह्याबिटेटको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी नेपालका लागि आवासीय प्रतिनिधि ह्याम्डीले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन रहने जानकारी गराए  ।

मन्त्री सिंहको सचिवालयका अनुसार दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्न र सहरी योजनालाई मुख्य प्रवाहमा ल्याउने जटिल सहरी चुनौतीको सामना गर्न यूएन ह्याबिटेटको भूमिकामासमेत आवासीय प्रतिनिधि ह्याम्डीले जोड दिए। विश्व फोरममा नेपालका तर्फबाट उपप्रधानमन्त्री सिंहले तीन वटा सत्रमा सम्बोधन गरेका थिए ।

उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गरेका थिए । नेपाल जस्ता विकासोन्मुख देशले कम कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनको प्रत्यक्ष असर धेरै देखिएकाले अन्तर्राष्ट्रियस्तरको जलवायु वित्तमा सजिलो पहुँच र प्राविधिक सहयोगमार्फत मात्र जलवायु न्याय हुने कुरा विश्व समुदाय समक्ष जोडदार रूपमा उठाएको मन्त्री सिंहको सचिवालयले जनाएको छ ।

इजिप्टको कायरोमा नोभेम्बर ४ बाट सुरु भएको फोरम आज समापन हुँदै छ । उपप्रधान सिंह भोलि शनिबार स्वदेश फर्किने कार्य तालिका छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ५ : ०९ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद