विरोध र झडपबीच ताप्लेजुङको पाथीभरा जाने केबलकार शिलान्यास « Khabarhub

विरोध र झडपबीच ताप्लेजुङको पाथीभरा जाने केबलकार शिलान्यास

२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट

252
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणकार्य अघि बढाउँदा तनाव भएको छ ।

शुक्रबार संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै केबलकार निर्माणको संयुक्त शिलान्यास गरेका थिए ।

तर उक्त केबलकार निर्माणको विरोधमा रहेका समूह प्रतिकारमा उत्रिँदा तनाव भएको छ । पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणको शिलान्यास कार्यक्रम सुरु भएलगत्तै विरोधमा उत्रिएका समूहका सदस्यले प्रतिकार गरेका थिए । उनीहरूले शिलान्यास कार्यक्रम रोक्न ढुंगामुढा पनि गरेका थिए ।

पाथीभरामा केबुलकार निर्माण गरि छाड्ने पक्ष र केबुलकार विरोधी पक्षबीच झडपका क्रममा कम्तीमा ५ जना घाइते भएका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरेर केबल कार निर्माणको शिलान्यस गरिएको हो।

अवरोधबीच केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बताएका छन् । यसअघि केबलकार निर्माण हुने क्षेत्र रूखहरू हटाइएको थियो । शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए ।

पौडेलले काम निरन्तर अघि बढे १५ महिनाभित्र केबलकार चढेर पाथीभर जान पाइने बताएका छन् । लामो समयदेखि पाथीभरमा केबलकार निर्माण रोक्न माग गर्दै आदिवासी जनजातिहरूको एउटा समूह आन्दोलित छ । उक्त समूहले रुख काटिएका स्थानमा वृक्षारोपण अभियान नै चलाएको छ ।

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणकार्य अघि बढाउँदा तनाव भएको छ ।

शुक्रबार संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै केबलकार निर्माणको संयुक्त शिलान्यास गरेका थिए ।

तर उक्त केबलकार निर्माणको विरोधमा रहेका समूह प्रतिकारमा उत्रिँदा तनाव भएको छ । पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणको शिलान्यास कार्यक्रम सुरु भएलगत्तै विरोधमा उत्रिएका समूहका सदस्यहररुले प्रतिकार गरेका थिए । उनीहरूले निर्माणस्थलको अग्लो ठाउँबाट शिलान्यास कार्यक्रम रोक्न ढुंगामुढा पनि गरेका थिए ।

पाथीभरामा केबुलकार निर्माण गरि छाड्ने पक्ष र केबुलकार विरोधी पक्षबीच झडपका क्रममा कम्तीमा ५ जना घाइते भएका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरेर केबल कार निर्माणको शिलान्यस गरिएको हो।

अवरोधबीच केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बताएका छन् । यसअघि केबलकार निर्माण हुने क्षेत्र रूखहरू हटाइएको थियो । शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए ।

पौडेलले काम निरन्तर अघि बढे १५ महिनाभित्र केबलकार चढेर पाथीभर जान पाइने बताएका छन् । लामो समयदेखि पाथीभरमा केबलकार निर्माण रोक्न माग गर्दै आदिवासी जनजातिहरूको एउटा समूह आन्दोलित छ । उक्त समूहले रुख काटिएका स्थानमा वृक्षारोपण अभियान नै चलाएको छ ।

ताप्लेजुङको पाथिभरा मुकुलुङ क्षेत्र आदिवासी लिम्बूहरूको पवित्र धार्मिकस्थल रहेकाले त्यहाँ कुनै निजी कम्पनीलाई नाफाका लागि केबलकार निर्माण गर्न नहुने आवाज उठिरहेको छ ।

लिम्बूहरूको धार्मिक आस्थाको धरोहर मुकुलङमा जथाभावी वन फँडानी भएको भन्दै विरोध भइरहेको छ । प्रकृतिपूजक लिम्बूहरूको  धार्मिक, साँस्कृतिक र मुन्धुमी सम्बन्धहरू जोडिएको क्षेत्रमा  हजारौं वर्ष पुराना जडिबुटी, वनस्पति तथा  वन्यजन्तुहरू रहेकाले विनाश गर्न नपाइने आवाज उठ्ने गरेको छ ।

त्यहीकारण एउटा निजी कम्पनी पोस्ने गरी जंगल फडानी गरेर केबलकार बनाउँदा हिमाली चराचुरूङ्गी, रेडपान्डासहितका वन्यजन्तुहरू सखाप हुने आदिवासी जनजातिहरूको तर्क छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ५ : २३ बजे

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल