जनजाति महासंघको आग्रह : प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज अघि नबढाउनू | Khabarhub Khabarhub

जनजाति महासंघको आग्रह : प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज अघि नबढाउनू


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघले प्रस्तवित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न माग गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रस्तवित मेरापिक राष्ट्रिय निकुञ्जका कारण आदिवासी जनजातिहरूको थातथलो खोसिन लागेको भन्दै खारेज गर्न माग गरेको हो ।

प्रस्तावित निकुञ्ज खारेज गर्न माग गर्दै वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाइसकिएको महासंघले जनाएको छ ।

सरकारले १३ औँ राष्ट्रिय निकुञ्जका रुपमा सोलुखुम्बुको महाकुलुङ सोताङ र माप्यादूधकोशी गाँउपालिकालाई समेटेर मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी गरेको हो । सरकारको त्यही कदमको महासंघले त्यसको विरोध गरेको हो ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजाति समुदायसँग छलफल नै नगरि मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्न लागेकोमा गम्भीर आपत्ति रहेको बताए ।

उनले आदिवाासी जनजातिको अधिकार हनन गर्ने कुनै पनि कामको विरुद्ध आन्दोलन समेत गर्ने चेतावनी पनि दिएका छन् ।

प्रस्तावित निकुञ्ज क्षेत्रका बासिन्दाहरूसँग परामर्श नै नगरि राज्यले एकतर्फी ढंगले राष्ट्रिय निकुञ्ज गर्न लागेको भन्दै महासंघले भर्त्सनासमेत गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ५ : ३२ बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली