जनजाति महासंघको आग्रह : प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज अघि नबढाउनू « Khabarhub

जनजाति महासंघको आग्रह : प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज अघि नबढाउनू


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघले प्रस्तवित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न माग गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रस्तवित मेरापिक राष्ट्रिय निकुञ्जका कारण आदिवासी जनजातिहरूको थातथलो खोसिन लागेको भन्दै खारेज गर्न माग गरेको हो ।

प्रस्तावित निकुञ्ज खारेज गर्न माग गर्दै वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाइसकिएको महासंघले जनाएको छ ।

सरकारले १३ औँ राष्ट्रिय निकुञ्जका रुपमा सोलुखुम्बुको महाकुलुङ सोताङ र माप्यादूधकोशी गाँउपालिकालाई समेटेर मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी गरेको हो । सरकारको त्यही कदमको महासंघले त्यसको विरोध गरेको हो ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजाति समुदायसँग छलफल नै नगरि मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्न लागेकोमा गम्भीर आपत्ति रहेको बताए ।

उनले आदिवाासी जनजातिको अधिकार हनन गर्ने कुनै पनि कामको विरुद्ध आन्दोलन समेत गर्ने चेतावनी पनि दिएका छन् ।

प्रस्तावित निकुञ्ज क्षेत्रका बासिन्दाहरूसँग परामर्श नै नगरि राज्यले एकतर्फी ढंगले राष्ट्रिय निकुञ्ज गर्न लागेको भन्दै महासंघले भर्त्सनासमेत गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ५ : ३२ बजे

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने