विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जापानी निकायबीच सहकार्य हुने « Khabarhub

विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जापानी निकायबीच सहकार्य हुने


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ ।

भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापना बारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा विपद् व्यवस्थापन पूर्व तयारीका लागि सहकार्य शुरु भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका लागि जापानको प्राविधिक सहयोग, एवं जनचेतनाका लागि सहकार्य गर्ने विषयमा सहमति भएको छ ।

जोखिम पूर्व तयारी, तथा समग्र विपद् व्यवस्थापनका विषयमा स्थानीय स्तरमा नागरिकको प्रत्यक्ष सहभागिता हुने गरी कार्यक्रमहरू सञ्चालन गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिए । प्राकृतिक प्रकोपबाट नागरिकले कष्ठ पाइरहेको अवस्थामा जापानी संस्थासंगको सहकार्यमा विपद् व्यवस्थापन कार्यका लागि चेम्बरले पहल गरेको अध्यक्ष अग्रवालले बताए ।

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले वास्तविक तथ्याङकको अभावमा पनि उद्धार राहत तथा पुनर्स्थापना कार्यमा प्रभावकारी परिणाम हासिल गर्न चुनौती रहेको बताउनुभयो । जापानी निकायसंगको प्राविधिक सहकार्यमा वास्तविक लगत संकलन गर्न सकिने बताए ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले विपद् व्यवस्थापनमा जापानी संस्थाहरुसंग चेम्बरले गर्ने सहकार्यलाई स्थानीय तहसम्म पुर्याइने बताए । सो कार्यक्रम चेम्बरले ५ वर्ष अघि नै शुरु गर्ने तयारी गरे पनि कोभिडका कारण प्रभावित भएको वरिष्ठ उपाध्यक्ष अग्रवालले बताए । जापानी संस्थासंगको प्राविधिक सहयोग एवं सहकार्यमा विपद् पूर्व तयारी एवं जनचेतनालाई प्रभावकारी बनाइने उनको भनाई छ ।

अर्वान रेजिलेन्स रिर्सच सेन्टरका प्राध्यापक डा. इकुटा एसुकेले विपद् व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यक्रममा बढी भन्दा बढी जनसहभागिता हुनुपर्नेमा जोड दिए । रेजिलेन्स रिर्सच सेन्टर मार्फत विपद् व्यवस्थापन प्रतिकार्य सम्बन्धी जनचेतना अभिवृद्धि एवं प्राविधिक सहयोगका लागि चेम्बरसंग सहकार्य गर्न पाउँदा खुसी लागेको उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ६ : ५६ बजे

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ