‘द क्लिफ’मा पुगे नेपालका लागि‌ चिनियाँ राजदूत छन « Khabarhub

‘द क्लिफ’मा पुगे नेपालका लागि‌ चिनियाँ राजदूत छन


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्वत- नेपालका लागि‌ चिनियाँ राजदूत छन सोङले ‘द क्लिफ नेपाल’को अवलोकन भ्रमण गरेका छन् ।

राजदूत छनसहितको टोलीले शुक्रबार साहसिक पर्यटनको हब क्लिफ पुगेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानाए ।

क्लिफको अवलोकनपछि राजदूत छनले क्लिफका साहसिक गतिविधिमा रमाउन मन भए पनि समयका कारण सम्भव नभएको बताए । त्यसका लागि अर्को पटक क्लिफ आउने उनले बताए ।

राजदूत छनसहितको टोलीको भ्रमणले कम्पनी र कर्मचारीलाई नयाँ ऊर्जा मिलेको अध्यक्ष कार्कीले बताए । भ्रमणमा गण्डकी प्रदेशका पूर्वपर्यटन मन्त्री विकास लम्साल लगायत थिए ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङको बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालनमा छ ।

पछिल्लो समय एडभेञ्चर हबको रुपमा विकास हुँदै गएको द क्लिफमा खेल्न देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।

यसअघि द क्लिफमा विभिन्न मन्त्री तथा‌ सरकारका पदाधिकारीहरूले अवलोकन भ्रमण गरिसकेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ६ : ५४ बजे

हिक्मत भन्छन् : पार्टीले राजीनामा दिनु भनेको छैन, किन दिने ?

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीले राजीनामा दिनु भनेर

रुपन्देहीमा पनि ग्यास अभाव (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने एलपी ग्यासको अभाव हुँदा उपभोक्ताले घण्टौँ लाइन

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज

उपेन्द्र यादवलाई प्रश्न- शक्तिहीन भएपछि अस्तित्व बचाउन मोर्चाबन्दी कस्न लाग्नुभएको हो ?

माओवादी केन्द्र फुटाएर प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका जनार्दन शर्मा, जनमत

ओलीसँगको भनाभनका क्रममा बेहोस भएर ढलेका थपलिया वीर अस्पतालमा भर्ना

काठमाडौं– बागमती प्रदेश सभा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ