ब्रेक फेल भएर ट्रक दुर्घटना, एक जनाको मृत्यु | Khabarhub Khabarhub

ब्रेक फेल भएर ट्रक दुर्घटना, एक जनाको मृत्यु


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–६ ढकाल गाउँमा आज दिउँसो ना४खा ७१२३ नम्बरको ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा जिल्लाको हिलिहाङ–३ का ५७ वर्षीय भवानीशङ्कर पौडेलको मृत्यु भएको हो ।

दुर्घटनामा ट्रक चालक इलामको सूर्योदय नगरपालिका–१२ का तेजबहादुर दास र ट्रक धनी झापाको बिर्तामोड नगरपालिका–१ चारपानेका राजकुमार बस्नेत घाइते भएका छन् ।

घाइतेलाई थप उपचारका लागि झापा पाठइएको छ । ब्रेक फेल भई ट्रक करिब ५० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विनालाल साह तेलीले जानकारी दिए । ट्रक काठका गोलिया लिएर फिदिम जाँदै गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ८ : ३९ बजे

सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : शेखर कोइराला

चितवन – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै राजनीतिक

साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा

काठमाडौं – पुँजी बजारमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि नेपाल

च्याउ बेचेर वार्षिक पच्चीस लाख आम्दानी

अमरगढी – अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ वर्षअघि दुई

घरायसी किचलोमा रमाइरहेको सञ्जाल !

काठमाडौं – सामाजिक सञ्जाल व्यक्ति र समुदायलाई साझा सहभागी बनाउने

प्रधानमन्त्रीको चीन भ्रमणप्रति झलनाथको असन्तुष्टि, बीआरआई गिजोलेको गुनासो

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बेल्ट