ट्रम्प र मोदीबीच टेलिफोन वार्ता | Khabarhub Khabarhub

ट्रम्प र मोदीबीच टेलिफोन वार्ता


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् ।

प्रधानमन्त्री मोदीले ट्रम्पलाई टेलिफोन गरी बधाइ दिएका हुन् । टेलिफोन कुराकानीका क्रममा दुई नेताले भारत र अमेरिकाबीच रक्षा, प्रविधि, उर्जा रक्षा, अन्तरिक्षजस्ता क्षेत्रमा सम्बन्ध थप मजबुत बनाउन नजिक रहेर सँगै कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको मोदीको सचिवालयले जनाएको छ । त्यसअघि मोदीले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई बधाई दिएका थिए ।

‘मेरो साथी डोनाल्ड ट्रम्पलाई ऐतिहासिक चुनावी जीतका लागि हार्दिक बधाई । तपाईंले अघिल्लो कार्यकाललाई सफलतातर्फ अघि बढाउनु भएको थियो’, उनले एक्समा पोस्ट गरेका छन्, ‘म भारत–अमेरिका सम्बन्ध र रणनीतिक साझेदारीलाई अझै मजबुत बनाउन हामीबीच सहयोगको आशा गर्दछु । आउनुस् हामी सबै मिलेर आफ्ना जनताका लागि अझै राम्रो काम गरौँ । विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिलाई हामी मिलेर अघि बढाऊँ ।’

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ९ : ३२ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड