ट्रम्प र मोदीबीच टेलिफोन वार्ता « Khabarhub

ट्रम्प र मोदीबीच टेलिफोन वार्ता


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् ।

प्रधानमन्त्री मोदीले ट्रम्पलाई टेलिफोन गरी बधाइ दिएका हुन् । टेलिफोन कुराकानीका क्रममा दुई नेताले भारत र अमेरिकाबीच रक्षा, प्रविधि, उर्जा रक्षा, अन्तरिक्षजस्ता क्षेत्रमा सम्बन्ध थप मजबुत बनाउन नजिक रहेर सँगै कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको मोदीको सचिवालयले जनाएको छ । त्यसअघि मोदीले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई बधाई दिएका थिए ।

‘मेरो साथी डोनाल्ड ट्रम्पलाई ऐतिहासिक चुनावी जीतका लागि हार्दिक बधाई । तपाईंले अघिल्लो कार्यकाललाई सफलतातर्फ अघि बढाउनु भएको थियो’, उनले एक्समा पोस्ट गरेका छन्, ‘म भारत–अमेरिका सम्बन्ध र रणनीतिक साझेदारीलाई अझै मजबुत बनाउन हामीबीच सहयोगको आशा गर्दछु । आउनुस् हामी सबै मिलेर आफ्ना जनताका लागि अझै राम्रो काम गरौँ । विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिलाई हामी मिलेर अघि बढाऊँ ।’

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ९ : ३२ बजे

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित