कुनै समयकी भियतनामकी चर्चित व्यवसायी ट्रङ माई लान प्रोपर्टी मार्केटकी बादशाह नै थिइन्। ६८ वर्षीया ती टाइकुन जीवनसँगको अन्तिम लडाइँमा सङ्घर्ष गरी रहेकी छिन्। बैङ्क ठगीको आरोपमा भएको मृत्यु दण्डको सजायमा उनले गरेको पुनरावेदनलाई समेत भियतनामी न्यायालयले अस्वीकार गरिसकेको छ। तर उनको मृत्युदण्ड निश्चित भने भइसकेको छैन। भियतनामको कानुन अनुसार उनीमाथि लागेको ठगीको आरोप रकमको ७५ प्रतिशत तिरेमा सजाय जन्म कैदमा परिणत हुनसक्छ।
अप्रिल महिनामा उनीमाथिको अभियोगको सुनुवाइ भएको थियो। गलत ढङ्गले भियतनामको पाँचौँ ठुलो कमर्सियल बैंक साइगन कमिर्सियल बैङ्कलाई प्रभावमा पार्दै गलत ढङ्गले शृङ्खला बद्ध रूपमा ऋण लिएर १० वर्ष आफूले अपचलन गरेको आरोप लागेको थियो। उनले यसबीचमा लिएको रकममध्ये २७ अर्ब अमेरिकी डलर जायज भएको तथा अन्य १२ अर्ब अमेरिकी डलर गलत ढङ्गले लिइएको जनाइएको छ। यसलाई गम्भीर अपराध ठहर गर्दै जन्म कैदको सजाय सुनाइएको हो।
आर्थिक हिनामिनाको आरोपमा महिलामाथि मृत्यु दण्डको विरलै सजाय हुने भियतनामको उनको मुद्दा भने एउटा नयाँ नजिरको रूपमा स्थापित भएको छ। भियतनामको अदालतले मंगलबार उनको अपिललाई अस्वीकार गरे पनि ९ अर्ब अमेरिकी डलर हर्जाना तिरेर एमनेस्टीमार्फत अर्को अपिलको बाटो भने खुला भएको छ। उनले अदालतका सामु देशको अराज आर्थिक अवस्थाका कारण आफू सङ्कटमा पुगेको तथा विस्तारै आफूले लिएको रकम तिर्ने सोचले यो काम भएको गुनासो गरेकी थिइन्।
राजधानी हिचिमिन्हमा सिनो–भियतनामी परिवारमा जन्मिएको उनले सुरुवातमा सानो लगानीमा व्यवसाय सुरु गरेकी थिइन्। सुरुवाती दिनमा उनले कस्मेटिकको कारोबार गर्ने गरेकी थिइन्। सन् १९८० को दशकको अन्त्यमा उनले जमिन खरिद गरेर ठुलो मात्रामा व्यवसायलाई विस्तार गरेकी थिइन्। सन् १९९० को दशकमा उनले रियल स्टेटको कारोबार सुरु गरेकी थिइन्।
अहिले भियतनामको केन्द्रीय बैंकले कमर्सियल बैकलाई कडाई गर्न थालेको थियो। देशको बिग्रँदो अर्थतन्त्रको कारण यो कडाई आवश्यक ठहर रहेको त्यहाँको सरकारले जनाएको छ। यसरी बैङ्क ठगीको विरुद्धको ८५ जना विरुद्ध मुद्दा चलाइएको थियो। चार जनालाई जन्म कैदको सजाय सुनाइएको थियो। धेरैलाई तीन वर्ष देखि २० वर्षको बिचमा कैद सजाय सुनाइको छ। लानका श्रीमानलाई यसै मुद्दामा ९ वर्ष तथा उनका भाइ पर्ने एक जानलाई १७ वर्षको सजाय सुनाइएको छ। ठुलो रियल स्टेट कम्पनी फान थिई चाटको प्रमुख रहेकी उनलाई मात्र मृत्यु दण्डको सजाय सुनाइएको हो।
अहिले भियतनामको कमर्सियल बैङ्कले त्यहाँको कमर्सियल बैङ्कमा आएको समस्या टार्नका लागि अर्बौँ डलरको सहयोग गरिरहेको छ। लानका कानुन व्यवसायीले पनि अहिले उनी ९ अर्ब डलर जुटाउन तीव्र गतिमा लागि परेको बताउँछन्। होचिमिन्ह सहरका उनका केही लक्जरी सामग्री छन्। ती चाँडो नै बिक्ने अनुमान गरिएका छन्। सेयर मार्केटमा रहेका अन्य श्रोतबाट थप रकम जोहो गर्न सकिने जनाइएको छ।
अहिले भियतनामको धेरै प्रान्तमा यसरी बैक ठगीको धन्दा चलेको जनाइएको छ। लान पनि आफ्नै साथीको विश्वासमा यस कार्यमा लागेकी थिइन्। यसरी यी सामग्री बेच्न समय लाग्ने भएका कारण अदालत यसका लागि केही लचिलो हुने विश्वास उनले राखेकी छिन्।
धेरै जना न्यायालय यस कुराको प्रभावबाट बाहिर निस्कने कुरामा कमै अपेक्षा राख्न थालेका छन्। भियतनाममा मृत्युदण्ड गोप्य राख्ने गरिन्छ। मानव अधिकारवादीका अनुसार भियतनाम मृत्युदण्डको सजाय दिनेमा संसारको पहिलो देश हो। यसरी त्यो क्षतिपूर्ति रकम जोहो गर्न समय लागेमा पनि अन्तिम सजायका लागि कम मात्र सूचना दिइन्छ। यस कारण ९ अर्ब अमेरिकी डलर जोहो गरेर जीवन बचाउने सङ्घर्षमा लान अन्तिम र महत्त्वपूर्ण युद्धमा छन्।
सङ्कटमा भियतनामको सेयर मार्केट
कोभिड महामारी सुरु भए यता भियतनाममा प्रोपर्टी मार्केट ओरालो लाग्ने क्रमको सुरुवात भएको थियो। सो क्रम सन् २०२२ मा एकदमै पिकमा पुगेको थियो। सन् २०२३ मा मिश्रित अवस्था देखिएको थियो। सन् २०२३ मा वैदेशिक लगानी देखिएको थियो तर घरेलु बजारमा चहल पहल थिएन। खरिद गर्नेको रुचि थिएन। यसै कारण त्यहाँको प्रोपर्टी मार्केटमा आबद्धहरूका लागि संकट बढी रहेको थियो। भियतनाममा प्रोपर्टी मार्केटमा आपूर्ति र मागको सन्तुलन बिग्रिएको धेरै भइसकेका छ। यो नै त्यहाँको समस्या देखिएको छ।
सन् २०२२ देखि नै भियतनाममा प्रोपर्टी मार्केटमा समस्या देखिएको थियो। त्यस समस्याको सुरुवात देखि नै स्टक एक्सचेन्जमा पनि समस्या देखियो। सेयर मूल्यमा एउटै कम्पनीमा एउटै महिनामा १६ प्रतिसतसम्म गिरावट आएको थियो। यो क्रमले एउटा होइन धेरै समस्या देखिएका थिए। यसबाट पार पाउन धेरै कम्पनीहरूले ‘फ्रड’ काम गरेका थिए। यसैको समस्या अहिले धमाधम देखिएको छ।
संसारमा मृत्यु दण्डको अभ्यास
पछिल्लो। समय संसारमा नै मृत्युदण्डको प्रचलन हट्दै गएको छ। ५५ देशमा मृत्युदण्डको व्यवस्था छ, यस मध्यका नौ देशमा गम्भीर युद्ध अपराधका घटनामा मात्र मृत्यु दण्डको फैसला सुनाइन्छ। २३ वटा देशमा त मृत्युदण्डको कानुनी व्यवस्था छ। ती देशमा १० वर्षदेखि यसको प्रयोग भएको छैन।
संसारमै चीन मृत्युदण्डमा सबै भन्दा अघि रहेको देश जनाइन्छ चीनले पनि सबै तथ्यांक बाहिर ल्याउँदैन। त्यहाँ वार्षिक १००० हजार जनालाई मृत्यु दण्ड दिइएको अनुमान छ। सन् २०२२ मा संसारका अन्य ८८३ जनालाई मृत्यु दण्ड दिइएको समाचार छ। सन् २०१७ पछि त्यो नै सबै भन्दा धेरै हो। तथापि त्यो सङ्ख्या सन् १९८८, १९८९ २०१५ को तुलनामा एकदमै कम हो। सो वर्ष १५०० भन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो।
सन् २०२२ को हकमा देखिएको तथ्यांक त्यो भए पनि एमनेस्टीको दाबी ५५ देशमा कुल १६ सय भन्दा बढी मृत्युदण्ड भएको छ। सन् २०२२ को समयमा अत्यधिक मृत्युदण्ड दिइएको एमनेस्टीको दाबी छ। सो वर्ष केही देशका सूचना बाहिर आएका छैनन्। चिन र भियतनाम सबै भन्दा धेरै मृत्युदण्डको फैसला सुनाउने देशमा पर्छन्। अन्य देशमा सन् २०२२ मा इरानमा अत्यधिक ५७६, साउदी अरेबियामा १९६ तथा इजिप्टमा २४ जनालाई मृत्युदण्ड दिइएको थियो।
यो मृत्युदण्डको शृङ्खलामा एक व्यवसायी थपिएकी छिन्। भियतनाममा अर्थतन्त्रको भित्र भित्रै देखिएको र भुसको आगो झैँ सल्किएको प्रोपर्टी मार्केटका कारण अहिले लान जीवन बचाउने सङ्घर्षमा छिन। स्रोत : बिबिसी, प्रोपर्टी गुरु,
प्रतिक्रिया