आज २०८१ साल मंसिर २३ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर २३ गते आइतबारको राशिफल


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर २३ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर ८ तारिख। मार्गशीर्ष शुक्ल पक्षको सप्तमी उपरान्त अष्टमी तिथि। रवि सप्तमी व्रत, गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सहज रहेको छ। सम्पत्तिको व्यवस्थापन गर्न नसक्दा मन दुःखी बन्नेछ। खानपानको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ। विपक्षी बन्दै गरेका साथीहरुको सहयोग मिल्नेछ। कृषिजन्यव्यवसायमा फाइदा हुने योग छ।

वृष : तपाईंको बोलीको कुतर्क हुनसक्छ। थोरै बोल्नु राम्रो हुनेछ। भाग्यस्थानमा चन्द्रमा पुगेकाले लगानीको प्रतिफल राम्रो मिल्नेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुने दिन छ। परिवारमा मनमुटाव बढ्नेछ।

मिथुन : दिन राम्रो रहेको छ। गणेश भगवानको पूजा गर्नाले दिन सहज बन्नेछ। शत्रु बढ्नेछन् आफ्नो ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा गरेको प्रयास राम्रो हुनेछ। मनमा प्रशन्नता हुनेछ। दाम्पत्य जीवन सफल हुनेछ।

कर्कट : शनिदेवको पालो आएको छ। सोचेका काममा बाधा देखापर्नेछ। स्वास्थ्यमा गढबढी हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारमा भने सहयोग मिल्नेछ।

सिंह : दिन सहज रहेको छ। सप्तमभावमा चन्द्रमा पुगेकाले परिवारसँग रमाउने योग रहेको छ। मन भने चञ्चल हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी आउनसक्छ। दैनिकी काम सहज बन्नेछन्।

कन्या : दिन सामान्य रहेको छ। परोपकारको लागि आफू जति खटेपनि जस अरुले लिनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। धार्मिक व्यक्तित्वसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नुहोला।

तुला : शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा राम्रो हुनेछ। सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। परिवारमा मनमुटाव हुनेछ।

वृश्चिक : धर्मकर्ममा मन जानेछ। मनमा सकारात्मक ऊर्जा प्राप्त हुनेछन्। बन्धुसँग गरेको सहकार्यबाट फाइदा हुनसक्छ। ठूला व्यक्तिसँग कुराकानी गर्दा मन शान्त हुनेछ। स्वास्थ्यमा समस्या देखिनेछ। प्राविधिक शिक्षामा गरेको लगानी सफल हुनेछ।

धनु : दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछ। थोरै लगानी गरेर राम्रो आम्दानी हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। बन्धुसँग गरेको सहकार्यले फाइदा हुनेछ।

मकर : शुभ ग्रहको बहुमत भएकाले महत्त्वपूर्ण काम बन्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ।

कुम्भ : दिन राम्रो छ। आफ्नै देशमा रोजगारीको विकल्प देखिनेछ। साथीको साथ मिल्नेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनेछ। चिसोबाट जोगिनुपर्ने आवश्यकता छ। छोटो यात्राको सम्भावना देखिन्छ।

मीन : दिन सहज छ। स्वास्थ्यको क्षेत्रमा भएको प्रगतिको प्रशंसा हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : १३ बजे

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको