महाअभियोगबाट बचे दक्षिण कोरियाली राष्ट्रपति « Khabarhub

महाअभियोगबाट बचे दक्षिण कोरियाली राष्ट्रपति


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया – दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल माथिको महाअभियोग प्रस्ताव असफल भएको छ। सत्तारुढ पिपुल्स पावर पार्टी (पिपिपी)का विधायकहरूले मतदान बहिस्कार गरेपछि महाअभियोगबाट राष्ट्रपति बचेका हुन्।

मंगलबार टिभी सम्बोधन मार्फत सैन्य शासनको घोषणा गरेपछि देशभर उनको विरुद्धमा आक्रोश पैदा भएको थियो। उनको घोषणाविरुद्ध सडकमा ठुलो विद्रोह समेत भएको थियो।

महाअभियोग माथिको मतदानको १ घण्टा अघि टिभी सम्बोधन गर्दै उनले चाँडो नै आफ्नो पार्टीको एजेन्डा स्थापित गर्दै सत्ता आफै छाड्ने बताए। साथै आफूले गल्ती गरेको स्वीकार गर्दै माफीसमेत मागे।

महाअभियोग पारित हुने बित्तिकै विपक्षी डेमोक्र्याट पार्टीको नेता ली मी म्युङ सत्तासीन हुने र पार्टीका सबै एजेन्डा कमजोर हुने ठहरसहित अन्तिम समयमा सत्तारुढ दलका सांसद्हरु उनलाई जोगाउन तयार भएका हुन्।

डेमोक्र्याट पार्टीले सडकमा उत्रिएका लाखौँ जनाको भावनालाई सत्तारुढ सासंद्हरुले बुझ्न नसकेको भन्दै दुःख व्यक्त गर्न थालेका छन्। महाअभियोगमा मतदान हुनु अघि सो मतदानको निर्णय सुन्न हजारौँ जना सडकमा उपस्थित भएका थिए।

यो पनि पढ्नुहोस्
दक्षिण कोरियाको राजनीति संकट : राष्ट्रपतिको भविष्य टुंगो लगाउँदै संसद्

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ५२ बजे

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल