स्पेनिस ला लिगा : बार्सिलोनालाई रियल बेटिसले रोक्यो बराबरीमा « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनालाई रियल बेटिसले रोक्यो बराबरीमा


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी सिजनको स्पेनिस ला लिगा फुटबलमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल बेटिससँग २–२ गोलको बराबरी खेल्दै बार्सिलोना अंक बाँड्न बाध्य भयो ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र फेरन टोरेज तथा रियल बेटिसका लागि लो सेल्सो र असानी डिएओले एक–एक गोल गरेका थिए । शीर्षस्थानको बार्सिलोनालाई बराबरीमा रोक्ने क्रममा दोस्रो हाफको थपिएको इन्जुरी समयको ९४औँ मिनेटमा बेटिसका असानी डिएओले गोल गरेका थिए।

खेलको ३९औँ मिनेटमा बार्सिलोनाका लेवान्डोस्कले सुरुवाती गोल गरेको अवस्थामा ६८औँ मिनेटमा बेटिसका सेल्सोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि ८२औँ मिनेटमा बार्सिलोनाका टोरेजले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए पनि त्यसलाई जोगाउन नसक्दा इन्जुरी समयमा बेटिसका डिएओको गोलमा बार्सिलोना २–२ गोलको बराबरीमा रोकिन पुग्यो ।

यो बराबरीसँगै १७ खेल खेलेको बार्सिलोना ३८ अंकका साथ शीर्षस्थानमा यथावत छ भने पराजित भएको रियल बेटिस २१ अंकसहित ११औँ स्थानमा छ । १६ खेल खेलेको रियल मड्रिड ३६ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै, आज बिहान सकिएको लिग अन्तर्गतको अर्को खेलमा रियल मड्रिडले जिरोनालाई ३–० गोलले हराएको छ । रियलका लागि बेलिंघम, गुलेर र एम्बाप्पेले एक–एक गोल गरेका थिए। २२ अंक भएको जिरोना ८औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ९ : २७ बजे

कांग्रेस देउवा समूहले मंसिर २१ देखि महाधिवेशन गर्ने, भदौ २५ भित्र जिल्ला अधिवेशन तयारी समिति बनाइसक्ने

काठमाडौं- नेपाली कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशनको

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण