भूमिहीनलाई जग्गाको पहिचानपत्र वितरण « Khabarhub

भूमिहीनलाई जग्गाको पहिचानपत्र वितरण


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको हो ।

तत्कालीन भूमि आयोगले राप्तीका विभिन्न जग्गाको नापजाँच गरेर बनाएका पहिचानपत्र राप्ती नगरपालिका–७ का १४ परिवारलाई वितरण गरिएको हो ।

यो पालिकाको वडा नम्बर २, ३, ७ र ११ का अधिकांश जग्गा नाँपजाँचपछि पहिचानपत्र बनेको छ ।

नगरपालिकामा १३ हजारभन्दा बढीको पहिचानपत्र बनिरहेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताए । नगरपालिकाले आफ्नो स्रोत र साधन प्रयोग गरेर वडा नम्बर १ र ५ को जग्गा नापी गरिरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : ३३ बजे

नेपाल टेलिकमले ल्यायो ‘एनटी फाइबर विद्यार्थी अफर’, ४,९९९ रुपैयाँमै एक वर्ष इन्टरनेट

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थी लक्षित ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

पर्वत– पर्वतमा गण्डकी प्रदेशअन्तर्गतका अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक