तेह्रथुमको ‘पटेकडाँडा’ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै « Khabarhub

तेह्रथुमको ‘पटेकडाँडा’ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– तेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा अवस्थित पर्यटकीयस्थल पटेकडाँडा आन्तरिक पर्यटकका निम्ति आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ ।

समुद्री सतहबाट दुई हजार सात सय दुई मिटर उचाइमा रहेको पटेकडाँडाबाट मौसम खुलेको समयमा मकालु, कुम्भकर्ण सहितका सुन्दर हिमशृङ्खलासँगै तेह्रथुम र धनकुटालगायत छिमेकी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । पटेकडाँडा सूर्योदय र सूर्यास्तको दृष्यावलोकनका लागि प्रख्यात छ ।

सरकारले सय गन्तव्य सूचीमा राखेको पटेकडाँडा कोशी राजमार्गअन्तर्गत धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिधुवा बजारबाट ४५ मिनेट उकालो चढेपछि पुगिन्छ ।

स्थानीय सरकारको पहल एवं सङ्घीय र प्रदेश सरकारको सहकार्यमा सिधुवा बजारबाट केही माथि पैदलयात्राका लागि रेलिङसहितको सिँढी निर्माण गरिएको छ । डाडाँमा शौचालय र वनभोजस्थल बनाइएका छन् । त्यहाँ पूर्वाधार निर्माण भएसँगै पर्यटकको चहलपहल बढेको स्थानीय छिरिङ शेर्पाले बताए ।

सरकारले सय गन्तव्य सूचीभित्र पटेकडाँडालाई राखेपछि यो स्थानमा आन्तरिक पर्यटक जान थालेका हुन् । पर्यटकको चहलपहल बढेसँगै सिधुवा बजारको व्यापार–व्यवसायमा वद्धि भएको स्थानीय व्यवसायी मेघराज घिमिरेले बताए । उनले पटेकडाडाँको प्रचारप्रसार र थप पर्यटनमैत्री पूर्वाधार निर्माण गर्न आवश्यक भएको बताए ।

लालीगुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको भ्रमण गर्ने धेरै पर्यटकको रोजाइमा पटेकडाँडा परेको छ ।

विशेषतः हिउँदमा वनभोज खाने र गुराँस फुल्ने याममा त्यहाँ धेरै पर्यटक पुग्ने गरेका छन् । पर्याप्त प्रचारप्रसार र थप प्रकृतिमैत्री पर्यटन पूर्वाधारको विकास गरेर पटेकडाँडामा बाह्रैमास पर्यटक भित्र्याउन सकिने व्यवसायी घिमिरेले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : ५७ बजे

जाँचबुझ आयोगमा बयान दिएर बाहिरिए लेखक, पत्रकार सम्मेलन गर्दै

काठमाण्डौं – गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

चितवन– आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई

रैथाने उत्पादन र मह प्रवर्द्धनमा रत्ननगर महोत्सव

नारायणगढ– रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङ– ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७

ताइवानलाई हतियार बेच्ने २० अमेरिकी कम्पनीमाथि चीनले लगायो प्रतिबन्ध

काठमाडौं- चीनले ताइवानलाई हतियार बेच्दै आएका केही चर्चित अमेरिकी कम्पनीको