जाँचबुझ आयोगमा बयान दिएर बाहिरिए लेखक, पत्रकार सम्मेलन गर्दै « Khabarhub

जाँचबुझ आयोगमा बयान दिएर बाहिरिए लेखक, पत्रकार सम्मेलन गर्दै


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं – गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका बेला पदबाट राजीनामा दिएका निर्वतमान गृहमन्त्री रमेश लेखकले सोमबार दिउँसो सिंहदरबारस्थित जाँचबुझ आयोगमा बयान दिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीयसदस्य समेत रहेका निर्वतमान गृहमन्त्री लेखकले बयान दिइसकेपछि संसदीय दलको कार्यालयमा जेन-जी आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गर्दैछन् । उनले आयोगमा २ घण्टा लामो बयान दिएका छन्

जेन-जी आन्दोलनका क्रममा गत भदौ २३ गते जनधनको क्षति भएपछि उनले त्यही साँझ राजीनामा दिएका थिए । त्यसपछि भदौ २४ गते काठमाडौं लगायत मुलुकका ठुला शहरमा सार्वजनिक तथा नीजि सम्पतीमा तोडफोड र आगजनी भएको थियो ।

लेखकले केही दिनअघि मात्रै सञ्चार माध्यममार्फत् आफू आयोगमा घटनाबारे जानकारी गराउन जाने बताएका थिए ।

जेन-जी आन्दोलनपछि पार्टी महाधिवेशनको विषयमा भइरहेको कांग्रेसको आन्तरिक छलफलमा मध्यमार्गी भूमिका निभाउँदै आएका लेखकले आयोगमा घटनाबारे जानकारी गराउने जाने सुरुवातबाटै मनसाय व्यक्त गर्दै आएका थिए ।

जेन-जी आन्दोलनमा भएको घुसपैठका कारण नेता लेखकको काठमाडौं र कञ्चनपुरको महेन्द्रनगरमा तीनवटा निजी घरमा आगजनी गरेर ध्वस्त पारिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : ०५ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष