रविलाई म्याद थपका लागि कास्की अदालतमा पेस « Khabarhub

रविलाई म्याद थपका लागि कास्की अदालतमा पेस


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई छैटौं पटक म्याद थपका लागि प्रहरीले आज कास्की जिल्ला अदालतमा पेस गरेको छ ।

पछिल्लो पटक मंसिर ९ गते थपिएको १५ दिनको म्याद शुक्रबार सकिएपछि आज पुनः म्याद थपका लागि अदालतमा पेस गरिएको हो ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, र वीरगञ्जको सानो पाइला सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अपचलन गरेको आरोप छ । लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।

लामिछानेसँग काठमाडौं, पोखरा, चिवत र रुपन्देहीमा बयान भइसकेको छ भने पर्सा जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेकाले म्याद थप पछि वीरगञ्ज लैजाने प्रहरीको तयारी छ ।

लामिछानेलाई सहकारी गठी, संगठित अपराध प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ११ : ५१ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा