सिरियामा राष्ट्रपति आसादले छाडे शासन, विद्रोहीको कब्जामा राजधानी दमासकस « Khabarhub

सिरियामा राष्ट्रपति आसादले छाडे शासन, विद्रोहीको कब्जामा राजधानी दमासकस


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

सिरिया– सिरियामा विपक्षी सेनाले राष्ट्रपति बसार अल आसादले राजधानी दमासकस छाडेको घोषणा गरेका छन् । आसाद विमानमार्फत कुनै अपरिचित स्थानमा गएको जनाइएको छ । राजधानीलाई विद्रोहीले कब्जामा लिए पछि खुसीयाली मनाउन थालिएको छ ।

थुप्रै फुटेज  र दृश्य अनुसार विपक्षीलाई कडा यातना दिइने गरेको सायडनाया जेलबाट बन्दीहरूलाई रिहा गरिएको छ ।  लेबनान र सिरियाको सीमामा अहिले धेरै जना जम्मा भई सकेका छन् । उनीहरू नारा घन्काइरहेका छन् ।

घर छाडेर भागेका उनीहरू विजयी मुद्रामा गीतसमेत गाइरहेको जनाइएको छ ।  डेराबाट राजधानी दमासकस पुगेको भिडियो पनि अहिले सार्वजनिक भएको छ ।

पूर्वी सिरियाको डियरमा पनि विद्रोही सेनाका सामु राज्यको सेनाले आत्मसमर्पण गरेको जनाइएको छ ।  यस घटनालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले चासो पूर्वक हेरि रहेको वासिङ्टनले जनाएको छ ।

अहिले राजधानी दमासकसमा आसादको शासनको अन्त्य भएको घोषणा सहित हजारौँ जनाको भिड जम्मा हुँदै गएको भिडियो पनि सार्वजनिक भएको छ ।  सिरियाका प्रधानमन्त्री मोहम्मद घाजी अल जलालीले आफू सिरियामा नै रहेर त्यहाँको समस्या समाधानका लागि जनताको इच्छा अनुसार चल्ने बताएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १२ : ४१ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका