सिरियामा राष्ट्रपति आसादले छाडे शासन, विद्रोहीको कब्जामा राजधानी दमासकस « Khabarhub

सिरियामा राष्ट्रपति आसादले छाडे शासन, विद्रोहीको कब्जामा राजधानी दमासकस


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

सिरिया– सिरियामा विपक्षी सेनाले राष्ट्रपति बसार अल आसादले राजधानी दमासकस छाडेको घोषणा गरेका छन् । आसाद विमानमार्फत कुनै अपरिचित स्थानमा गएको जनाइएको छ । राजधानीलाई विद्रोहीले कब्जामा लिए पछि खुसीयाली मनाउन थालिएको छ ।

थुप्रै फुटेज  र दृश्य अनुसार विपक्षीलाई कडा यातना दिइने गरेको सायडनाया जेलबाट बन्दीहरूलाई रिहा गरिएको छ ।  लेबनान र सिरियाको सीमामा अहिले धेरै जना जम्मा भई सकेका छन् । उनीहरू नारा घन्काइरहेका छन् ।

घर छाडेर भागेका उनीहरू विजयी मुद्रामा गीतसमेत गाइरहेको जनाइएको छ ।  डेराबाट राजधानी दमासकस पुगेको भिडियो पनि अहिले सार्वजनिक भएको छ ।

पूर्वी सिरियाको डियरमा पनि विद्रोही सेनाका सामु राज्यको सेनाले आत्मसमर्पण गरेको जनाइएको छ ।  यस घटनालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले चासो पूर्वक हेरि रहेको वासिङ्टनले जनाएको छ ।

अहिले राजधानी दमासकसमा आसादको शासनको अन्त्य भएको घोषणा सहित हजारौँ जनाको भिड जम्मा हुँदै गएको भिडियो पनि सार्वजनिक भएको छ ।  सिरियाका प्रधानमन्त्री मोहम्मद घाजी अल जलालीले आफू सिरियामा नै रहेर त्यहाँको समस्या समाधानका लागि जनताको इच्छा अनुसार चल्ने बताएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १२ : ४१ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध