प्रधानमन्त्री ओली गृहजिल्ला झापामा « Khabarhub

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा पुगेका प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरेका छन् ।

प्रधानमन्त्रीले आज मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले २ अर्ब रुपैयाँको लागतमा टावर आकारको १८ तले व्यावसायिक कम्प्लेक्स निर्माण भएको हो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुने कार्यक्रम छ ।

उक्त कम्प्लेक्सको ५ वर्षअघि तत्कालीन प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १२ : ५५ बजे

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको