लमजुङमा क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न « Khabarhub

लमजुङमा क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सुन्दरबजार– सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पतालमा दुई दिनसम्म सञ्चालन गरिएको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ । यही मङ्सिर २१ गतेदेखि २२ गते रातिसम्म सञ्चालन भएको शिविरमा क्यान्सर र आँखासम्बन्धी छ सय ५४ जनाले सेवा लिएका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा, लाइन्स इन्टरनेशन काठमाडौंको आयोजना र मानव विकास तथा सामुदायिक सर्वेक्षण (एचडिसिएस) को संयोजनमा तथा सामुदायिक अस्पतालको व्यवस्थापनमा शिविर सञ्चालित शिविरमा दुई सय ४५ को क्यान्सर स्क्रिनिङ र चार सय नौ जनाको आँखाको उपचार गरिएको आयोजकले जनाएको छ ।

नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलका संस्थापक निर्देशक, प्रसूति तथा क्यान्सर रोग विशेषज्ञ एवं लेजरथेरापिष्ट निर्देशक डा सुशीला वैद्यले महिलामा हुने पाठेघरको मुखको क्यान्सरसहित अन्य क्यान्सरसम्बन्धी समस्याका भएकाको परीक्षण गरिएको बताइन् ।

उनले सेवा लिएकामध्ये १० जना महिलाको पाठेघर खसेको पाइएको भन्दै तीमध्येमा एक जनाको पाठेघरमा ‘रिङ’ राखिएको जानकारी दिइन् । डा वैद्यका अनुसार १७ जनाको पोलिप वा पाठेघरमा मासु पलाएको फेला परेको छ ।

आँखाका बारेमा नेत्ररोग विशेषज्ञ विनयकुमार घिमिरे र नेत्र सहायक अर्जुन गुरुङले परीक्षण गरेका थिए । विशेषज्ञ घिमिरेले २३ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको जानकारी दिए  । उक्त शिविरमा बिरामीलाई आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ ।

शिविरमार्फ क्यान्सर र आँखासम्बन्धी सेवा पाएकामा उपस्थित स्थानीयले खुसी व्यक्त गरेका छन् । शिविरमा लमजुङ र तनहुँका बासिन्दाले सेवा लिएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १ : २२ बजे

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत