शेयर बजारमा पहिरो, १२ दिन पछि नेप्से २६०० को विन्दुमा  | Khabarhub Khabarhub

शेयर बजारमा पहिरो, १२ दिन पछि नेप्से २६०० को विन्दुमा 


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारमा आज एकै दिन पहिरो गएको छ । आइतबार एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ४६ अंकले घटेको छ ।

बजार घटेसँगै नेप्से २६०० को विन्दुमा आएको छ । जुन १२ दिन पछि आएको हो । नेप्से यसअघि मंसिर १० गते २६८३ को विन्दुमा थियो । आज बजार बन्द हुँदा नेप्से ४५.९३ अंकले घटेर २६८९ विन्दु आएको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्से १.६७ प्रतिशतले घट्दा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर कारोबार भएको छ ।

आज २७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  आज ३२१ वटा कम्पनी कारोबारमा आउँदा ८१ हजार ४०४ पटक शेयर किनबेच भएको छ ।

आज १३ कम्पनी मध्ये सबै कम्पनी राताम्य भएको छ । आज सबैभन्दा बढी जीवन बिमा कम्पनी ३.०७ प्रतिशतले घटेर १३ हजार ३३२.३१ विन्दुमा पुगेको छ भने सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ०.३२ प्रतिशतले घटेर ६ हजार ७०४.५८ विन्दुमा पुगेको छ ।

आज वाणिज्य बैंक समूह १.८६ प्रतिशतले, विकास बैंक १.०४ प्रतिशतले, फाइनान्स १.८४ प्रतिशतले, होटल तथा पर्यटन १.८१ प्रतिशतले, हाइड्रोपावर १.९८ प्रतिशतले, लगानी १.३३ प्रतिशले, लघुवित्त १.५० प्रतिशतले, म्युचुअल फण्ड ०.५९ प्रतिशतले, निर्जीवन बिमा ०.८३ प्रतिशतले, अन्य समूह ०.८१ प्रतिशतले, ट्रेडिङ समूह २.१३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ३ : २९ बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा