शेयर बजारमा पहिरो, १२ दिन पछि नेप्से २६०० को विन्दुमा  « Khabarhub

शेयर बजारमा पहिरो, १२ दिन पछि नेप्से २६०० को विन्दुमा 


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारमा आज एकै दिन पहिरो गएको छ । आइतबार एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ४६ अंकले घटेको छ ।

बजार घटेसँगै नेप्से २६०० को विन्दुमा आएको छ । जुन १२ दिन पछि आएको हो । नेप्से यसअघि मंसिर १० गते २६८३ को विन्दुमा थियो । आज बजार बन्द हुँदा नेप्से ४५.९३ अंकले घटेर २६८९ विन्दु आएको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्से १.६७ प्रतिशतले घट्दा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर कारोबार भएको छ ।

आज २७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  आज ३२१ वटा कम्पनी कारोबारमा आउँदा ८१ हजार ४०४ पटक शेयर किनबेच भएको छ ।

आज १३ कम्पनी मध्ये सबै कम्पनी राताम्य भएको छ । आज सबैभन्दा बढी जीवन बिमा कम्पनी ३.०७ प्रतिशतले घटेर १३ हजार ३३२.३१ विन्दुमा पुगेको छ भने सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ०.३२ प्रतिशतले घटेर ६ हजार ७०४.५८ विन्दुमा पुगेको छ ।

आज वाणिज्य बैंक समूह १.८६ प्रतिशतले, विकास बैंक १.०४ प्रतिशतले, फाइनान्स १.८४ प्रतिशतले, होटल तथा पर्यटन १.८१ प्रतिशतले, हाइड्रोपावर १.९८ प्रतिशतले, लगानी १.३३ प्रतिशले, लघुवित्त १.५० प्रतिशतले, म्युचुअल फण्ड ०.५९ प्रतिशतले, निर्जीवन बिमा ०.८३ प्रतिशतले, अन्य समूह ०.८१ प्रतिशतले, ट्रेडिङ समूह २.१३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ३ : २९ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट