रोग लाग्न नदिनको लागि स्पष्ट निरोधात्मक नीति आवश्यक छ : मन्त्री पौडेल  « Khabarhub

रोग लाग्न नदिनको लागि स्पष्ट निरोधात्मक नीति आवश्यक छ : मन्त्री पौडेल 


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरूको सङ्ख्या बढिरहेको बताएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रोग लाग्न नदिनको लागि मन्त्रालयले अध्ययन समिति बनाएर काम गर्ने पनि बताए । उनले स्पष्ट निरोधात्मक नीति बनाउनुपर्ने आवश्यकता औँल्याए ।

उपचारात्मक भन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि जरुरी रहेको उल्लेख गरे । उनले खानेकुरा, वायुमण्डल स्वस्थ नहुँदा पनि कतिपय रोगहरू बढेको उनले बताए ।

उनले भने , बिमाको कभरेज पनि अस्वस्थकर पेरिफेरी बन्यो भने खानेकुरा स्वस्थ छैन, खानेकुरा उत्पादन स्वास्थ्यसँग जोडिएर स्वास्थ्यमैत्री छैन । हावा वायुमण्डलबाट प्राप्त हुने स्वस्थ हावा छैन । सूर्यको प्रकाश विकिरणयुक्त बन्दै गइरहेको स्थिति छ । मान्छेको व्यवहार, आनीबानी, प्रतिस्पर्धा ती सबैले तनाव बनाउने स्थिति छ । मानसिक रोग असाध्यै धेरै बढेर गएको स्थिति छ । शारीरिक अङ्गभित्रका रोगहरू भन्दा मानसिक रोग असाध्यै जटिल बनेको छ । त्यसैले यो विषयहरूसँग जोडेर हामीले स्पष्ट निरोधात्मक नीति ल्याउनुपर्छ ।’

उनले हामीले उपचारात्मक भन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि गर्दै रोग लाग्न नदिने प्रक्रिया के हुन् त्यसको बारेमा अध्ययन गर्न एउटा समिति नै बनाएर काम गर्ने चाहना रहेको बताए । यस्तै, स्वास्थ्य संरचनाहरूले त्यसको लागि के गर्नुपर्छ रु अध्ययन गरेर काम गर्न सक्ने गरी विषयहरू ल्याउने परिस्थिति निर्माण गर्ने उनले जानकारी गराए ।

मन्त्री पौडेलले उपचार प्रक्रिया बढेको तर बिरामीहरू पनि बढेको अवस्था रहेको बताए । उनले उपचारात्मक प्रणाली, क्षमता र क्षेत्र बिस्तार भएको बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : ४६ बजे

मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षकको तलबदेखि जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकारसम्म

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई