एथेन्सस्थित सिरियाली दूतावासमा विद्रोही समूहको झण्डा « Khabarhub

एथेन्सस्थित सिरियाली दूतावासमा विद्रोही समूहको झण्डा


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

रोम– एथेन्सस्थित सिरियाली दूतावासमा विद्रोहीको झण्डा फहराइएको छ । एथेन्समा रहेको सिरियाली दूतावासमा सिरियाली विपक्षी झण्डा फहराइएको हो ।

विद्रोही सेनाले दमास्कस कब्जा गरेको घोषणा गरेको केही घण्टापछि यथेन्सको दूतावासमा उनीहरूको झन्डा फहराइएको हो ।

ग्रीसको सरकारी समाचार एजेन्सी एएनएले कम्तीमा तीन जना दूतावास भित्र पसे र झण्डा फहराए, जुन भवनको छतमा झुन्डिएको देखिएको थियो।

अधिकारीहरूलाई घटनास्थलमा पठाइएको थियो र तीन जनालाई हिरासतमा लिइएको छ । प्रहरीले यस बारेमा थप केही जानकारी दिइएको छैन ।

तर, एक व्यक्ति दूतावासको बालकनीमा अल असदको तस्बिर समातेर तानाशाह भनेर चिच्याइरहेको देखिएको थियो । सन् १९७० मा अल असद शासन स्थापना भएपछि ग्रीस भागेका सिरियालीहरू दूतावासमा उत्सव मनाउन पुगेका छन् ।

ग्रीसका सिरियाली समुदायका वरिष्ठ अधिकारी नादेर हलबौनीले भने, ‘२४ मिलियन सिरियालीहरू रातभर सुत्न सकेनन्, यद्यपी यो हाम्रा लागि खुसीको खबर हो ।’

ग्रीसमा सिरियालीहरूको भेला पनि तय गरिएको उनले जानकारी दिए । आप्रवासी मन्त्रालयका अनुसार १५ हजारभन्दा बढी सिरियालीसँग ग्रीसमा बस्ने अनुमति रहेको छ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : १३ बजे

पश्चिम नेपालका ६ जिल्लामा अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म

वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्न गराउन अक्युपञ्चर सेवा सुरु

गोरखा– गोरखाको भीमसेनथापा गाउँपालिकाले वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा

करिब दुई हजार सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युतमा क्षति

पाँचथर– अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ– नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा