आफ्नोबारे समाचार लेख्ने पत्रकारलाई कारबाही माग्दै हर्कले लेखे गृहमन्त्रीलाई पत्र « Khabarhub

आफ्नोबारे समाचार लेख्ने पत्रकारलाई कारबाही माग्दै हर्कले लेखे गृहमन्त्रीलाई पत्र


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- आफ्नो विगतका कमीकमजोरी खोतलेर समाचार लेख्ने पत्रकार गोपाल दाहालविरुद्ध कारबाही माग गर्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका छन् ।

दाहालले खोज पत्रकारिता केन्द्रका लागि लेखेको उक्त समाचार सामाजिक सञ्जालमा सेयर गरेको भन्दै साम्पाङले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईविरुद्ध पनि कारबाही माग गरेका छन्

गत मंसिर १४ गते दाहालले लेखेको उक्त समाचार हिमालखबर पत्रिकाकाको अनलाइन संस्करणमा छापिएको थियो । जसमा हर्कले मा‌ओवादीको सशस्त्र संघर्षका क्रममा हर्कले नक्कली माओवादीका नाममा चन्दा उठाएको कुरा उल्लेख थियो । त्यसैगरि उक्त प्रकरणमा उनी माओवादीको युवक संगठन वाईसीएलबाट कुटिएको कुरा पनि समावेश थियो ।

उक्त समाचार आएको भोलिपल्ट हर्कले गोपाल र जनकऋषिलाई धरानस्थित ग्रीन टी स्टेशनमा हाजिर हुन उर्दी जारी गरेका थिए । तर दुवैजना त्यहाँ गएनन् ।

त्यसपछि हर्कले पत्रकार सम्मेलन गर्दै यो देशमा माओवादी नै नरहेको सबै नक्कली भएको बताएका थिए । उनले चन्दा उठाएको कुरामा उत्तर दिन नमानी छल्ने कोसिस गरेका थिए ।

उनले त्यसक्रममा आफू बेलायत जाँदा उपमेर अइन्द्रविक्रम बेघालाई कार्यवहाक नदिई वडाअध्यक्षलाई दिएकोबारेमा पनि केटाकेटी शैलीको उत्तर दिएका थिए । उपमेयर बेघाले आफूलाई बेलायत जाँदा शुभयात्रा नभएकाले वडाध्यक्षलाई कार्यवाहक दिएको उनले बताएका थिए । तर उनले वडाअध्यक्षलाई कार्यवाहक दिने निर्णय अदालतले खारेज गरिदिएको थियो ।

उक्त समाचारलाई लिएर साम्पाङले धम्की दिएपछि महासंघ अध्यक्ष राईसहितले गृहमन्त्री लेखक धरान पुगेका बेला सुरक्षा माग गर्दै ज्ञापनपत्र दिएका थिए ।

अब उनै मेयर साम्पाङले उक्त प्रकरणलाई लिएर गृहमन्त्रीलाई पत्र लेख्दै भनेका छन्, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल नामको व्यक्तिले धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई अर्थात् मैले नक्कली माओवादी बनेर चन्दा असुलेको भन्ने भ्रामक झुटो समाचार प्रकाशन गरी मेरो चरित्र हत्या गर्ने प्रयास गरेको र सोही झुटो समाचारलाई सामाजिक सञ्जालमा पोस्ट् गर्दै भ्रम फैलाउने कृत्य गर्दै हालको पत्रकार महासंघ सुनसरीको अध्यक्ष जनक ऋषि भन्ने व्यक्तिले दुष्प्रचार गर्न सहयोग गरेकोले दुवैलाई कानुनमुताविक कारवाही गरी लोकतन्त्रमा नागरिकको मताधिकार र जनादेशबाट निर्वाचित नगर प्रमुख जस्तो पदलाई अपमान र अनादर गरी भ्रम फैलाउने र मानहानी गरि प्रेस स्वतन्त्रताको नाममा पार्टीगत आग्रह पूर्वाग्रह राखी लोकतन्त्रलाई नै निकृष्ट र बदनाम गर्ने आपाराधिक, असामाजिक, अमर्यादित कृत्य र त्यसबाट हुन जाने विकृतिलाई रोक्न आवश्यक कदम चालियोस् भन्ने अनुरोध छ ।’

उनले देशकै शान्ति, सुरक्षा र सुशासनको जिम्मेवारीमा रहेका गृहमन्त्रीबाट प्रेस स्वतन्त्रताको नाममा व्यक्ति र पद दुवैको मानहानी हुने गरी निराधार, भ्रामक र सामाजिक शान्तिमा खलल् ल्याउने किसिमको समाचार बनाउने र दुष्प्रचार गर्ने दुवैलाई पार्टीगत आवद्धता नहेरी कारवाही गर्न पनि भनेका छन् ।

उनले आफूलाई दिनरात जनताको सेवामा खटिने जनप्रतिनिधि भनेका छन्। ‘म जस्तो दिनरात जनताको सेवामा लागिरहने घोटिइरहने जनप्रतिनिधिहरूले निर्वाधरुपमा काम गर्न सकियोस् अन्यथा देशको भलो कहिल्यै हुने छैन’, उनले भनेका छन्, ‘आशा छ तपाईं जनताको मर्म बुझ्नु हुन्छ होला । पार्टी भन्दा ठूलो हुन्छ देश । हो त्यही देशको जनताको अभिमत पाएका हामीले देशलाई विर्सनु हुँदैन।’

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ३० बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी