इलाम गोल्डकप : एनआरटी सेमिफाइनलमा | Khabarhub Khabarhub

इलाम गोल्डकप : एनआरटी सेमिफाइनलमा


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

इलाम – दोस्रो इलाम गोल्डकपअन्तर्गत आज भएको खेलमा जिटिए–११ एफसी दार्जिलिङलाई हराउँदै डिफेन्डिङ च्याम्पियन एनआरटी क्लब न्युरोड प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले जिटिए–११ लाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

मध्यान्तर अगाडिको खेलमा दार्जिलिङले पेनाल्टी प्रहारको फाइदा उठाउँदै आफ्नो टोलीलाई अग्रता दिलायो । खेलको ३७औँ मिनेटमा जिटिए दार्जिलिङका भाइचुङ राईले पेनाल्टीमार्फत गोल गरेका थिए । केहीबेरमा नै एनआरटीका खेलाडी नेमारले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

दोस्रो हाफमा एनआरटीका मार्टीनले ८४ औं मिनेटमा गोल गरी आफ्नो टोलीलाई विजयी बनाए । खेलको ‘म्यान अफ दी म्याच’ एनआरटीक जय गुरुङ भए । उनले रु आठ हजार एक सयसहित ट्रफी प्राप्त गरे ।

सोमबार त्रिभुवन आर्मी क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच खेल हुने आयोजक संस्थाले जनाएको छ । ‘ए’ डिभिजनसहित आठ टोली सहभागी उक्त प्रतियोगिता यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ९ : ४६ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा