अस्पतालका एक कर्मचारी मृत फेला | Khabarhub Khabarhub

अस्पतालका एक कर्मचारी मृत फेला


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सप्तरी – राजविराजस्थित जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरमा रहेको कभर्ड हल नजिक एक कर्मचारी आज मृत फेला परेका छन् ।

गजेन्द्रनारायण सिंह अस्पतालका कार्यालय सहयोगी ५५ वर्षीय सुधिरकुमार झा झुन्डिएको अवस्थामा फेला परेका हुन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुर निवासी झा विगत २५ वर्षदेखि सो अस्पतालमा कार्यरत रहेका र उनी अस्पताल परिसरमै रहेको क्वाटर (कोठा)मा सपरिवार बस्दै आएका थिए ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले घटनास्थल हेर्दा घटना शङ्कास्पद देखिएको भन्दै सूक्ष्म अनुसन्धान गरी सत्यतथ्य खोजी गरिनुपर्ने बताए ।

प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले झाको शवपरीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : ०४ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई