प्रधानमन्त्रीलाई कालोझण्डा देखाउँदा पक्राउ परेका १० जनालाई तत्काल रिहा गर्न पहिचानवादी संगठनको माग « Khabarhub

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउँदा पक्राउ परेका १० जनालाई तत्काल रिहा गर्न पहिचानवादी संगठनको माग


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले दमकस्थित टावर उद्घाटन गर्दा कालोझण्डा देखाएर विरोधमा नाराबाजी गर्ने १० जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

आफ्ना १० कार्यकर्ताहरु पक्राउ परेको जनाउँदै पहिचानवादी संगठनहरुका तर्फबाट जारी विज्ञप्तिमा उनीहरुलाई निशर्त रिहा गर्न भनिएको छ ।

प्रधानमन्त्री ओली आइतबार आफ्नो गृहनगर दमकस्थित बिजनेश टावरको उदघाटन गर्न पुगेका थिए । त्यसक्रममा पहिचानवादी अभियन्ताहरुले ओलीको विरोधमा नाराबाजी गरेका हुन् ।

पूर्वीनेपालका पहिचानवादी संघ संस्थाहरु कोही प्रदेशको नामाकरण विरुद्ध आन्दोलनमा छन् । साथै उनीहरुले पाथीभराको केबलकार परियोजनाको पनि विरोध गर्दै आएका छन् ।

 

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : ४९ बजे

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान

विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका

सुकी जीवित भएको प्रमाण माग

एजेन्सी– म्यान्माकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा

एउटै प्रकृतिका बेरुजु वित्तीय अनुशासनका लागि चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले हरेक वर्ष एउटै प्रकृतिका बेरुजु दोहोरिनु