प्रधानमन्त्रीलाई कालोझण्डा देखाउँदा पक्राउ परेका १० जनालाई तत्काल रिहा गर्न पहिचानवादी संगठनको माग « Khabarhub

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउँदा पक्राउ परेका १० जनालाई तत्काल रिहा गर्न पहिचानवादी संगठनको माग


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले दमकस्थित टावर उद्घाटन गर्दा कालोझण्डा देखाएर विरोधमा नाराबाजी गर्ने १० जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

आफ्ना १० कार्यकर्ताहरु पक्राउ परेको जनाउँदै पहिचानवादी संगठनहरुका तर्फबाट जारी विज्ञप्तिमा उनीहरुलाई निशर्त रिहा गर्न भनिएको छ ।

प्रधानमन्त्री ओली आइतबार आफ्नो गृहनगर दमकस्थित बिजनेश टावरको उदघाटन गर्न पुगेका थिए । त्यसक्रममा पहिचानवादी अभियन्ताहरुले ओलीको विरोधमा नाराबाजी गरेका हुन् ।

पूर्वीनेपालका पहिचानवादी संघ संस्थाहरु कोही प्रदेशको नामाकरण विरुद्ध आन्दोलनमा छन् । साथै उनीहरुले पाथीभराको केबलकार परियोजनाको पनि विरोध गर्दै आएका छन् ।

 

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : ४९ बजे

सञ्चारमन्त्री खरेलले भने- राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन

भोजपुर बजारमा पानीको सङ्कट अन्त्य

भोजपुर– भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय

सार्दीखोला विद्यार्थी सहयोग समितिद्वारा प्रअ आचार्य सम्मानित

काठमाडौं– कास्की माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलामा सार्दीखोला विद्यार्थी सहयोग समितिले आफ्नो

चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

काठमाडौं– चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ भएको छ । काठमाडौँमा

करेन्ट लागेर एक महिलाको मृत्यु

कञ्चनपुर– बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर आज एक महिलाको मृत्यु