आज २०८० साल पुस २४ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल पुस २४ गते मंगलबारको राशिफल


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस २४ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी ९ तारिख। आज नेपाल ज्योतिष परिषद् स्थापना दिवसमेत रहेको छ। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : यात्रा गर्दा तीव्र गति राम्रो हुने छैन। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। हरेक क्षेत्र विवादित रहे पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा सफलता मिल्नेछ।

वृष : दिन राम्रो छ। सम्पत्तिको संरक्षण गर्नुपर्ने देखिन्छ। स्वास्थ्य खराब रहे पनि परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। शिक्षामा गरेको लगानी फस्ने भएकाले विचार गरेर काम गर्नु राम्रो हुन्छ।

मिथुन : आजको दैनिकी सामान्य छ। मालिकले विश्वास गर्नेछन्। योगदानको कदर हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुने योग रहेको छ।

कर्कट : हरेक क्षेत्र सबल छन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आर्थिक उन्नति हुने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। तर, तपाईंलाई विपरीत लिंगीबाट गम्भीर आरोप लाग्नसक्छ। व्यवहार गर्दा सचेत हुनुपर्ने छ।

सिंह : दिन सामान्य राम्रो छ। खुट्टा तान्ने मान्छे धेरै छन्। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारबाटै छलकपट हुनेछ।

कन्या : आजको दैनिकी राम्रो छ। कामको प्रशंसा हुनेछ। गुरुबाट असहयोग हुने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर हुने भएकाले दिन उल्लासमय हुनेछ।

तुला : दिन राम्रो छ। नयाँ ठाउँको यात्रा हुनेछ। नयाँ मान्छेसँगको संगतले मन खुशी हुनेछ। पठनपाठनमा मन जाने छैन। परिवारमा खुशी मिल्नेछ। प्रेम सम्बन्धले मनमा खुशी दिनेछ।

वृश्चिक : इष्ट मित्रबाट असहयोग हुनेछ। आफन्तले आरोप लगाउने छन्। परिवारबाट सहयोग प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

धनु : आजको दिन राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल छ। आर्थिक समस्या हुनेछ। कारोबार गर्दा विवेक प्रयोग गर्नुपर्छ। आम्दानी भन्दा खर्च बढी हुने भएकाले परिवारबाट असहयोग हुने देखिन्छ।

मकर : आम्दानी राम्रो हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। परिवारको साथ मिल्नेछ। धन आर्जनको समय भएकाले यसलाई राम्रो दिन मान्नुपर्छ।

कुम्भ : शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा विवाद हुनसक्छ। आर्थिक पक्ष सबल छ। पुरानो लगानी असुल हुने योग रहेको छ। पारिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दिन राम्रो छ। समयलाई सदुपयोग गर्नुपर्ने देखिन्छ। नसोचेको नतिजा प्राप्त हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारमा नयाँ सदस्य थपिएको समाचार सुन्ने योग छ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : १५ बजे

ठगी मुद्दामा पक्राउ परेका सेफ साहको दाबी : यो ४ लाख ५० हजारको चेक विवाद मात्र हो 

काठमाडौं– मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक तथा चर्चित सेफ सन्तोषकुमार

अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले बजेट ल्याएको हो : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले

‘सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडग राज पौडेल (गनेस)ले

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको