बंगलादेशका क्रिकेट कप्तान सांसद निर्वाचित « Khabarhub

बंगलादेशका क्रिकेट कप्तान सांसद निर्वाचित


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशका क्रिकेट कप्तान शाकिब अल हसन सांसद निर्वाचित भएका छन् । उनकै गृहनगर मगुरा–१ बाट उनी बंगलादेशको अवामी लिग दलबाट संसद सदस्यमा निर्वाचित भएका हुन् ।

उनले एक लाख ८५ हजार ३ सय ८८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी बंगलादेश कंग्रेसका रेजल हसनले ४५ हजार मत मात्र पाएका छन् । यसअघि बंगलादेशका पूर्व क्रिकेट कप्तान मशरेफे मुर्तजासमेत संसद निर्वाचित भएका थिए ।

प्रतिपक्षीको वहिष्कार र विवादका हुँदाहुँदै भएको निर्वाचनमा वर्तमान प्रधानमन्त्री शेख हसिना चौथो पटक लगातार विजयी भएकी हुन् । हसिनाको पार्टीले २२३ सिटमा विजयी प्राप्त गरेको छ ।

बंगलादेशमा आइतबार २९९ मा निर्वाचन क्षेत्रमा चुनाव भएको हो । बंगलादेशी संसद्‍मा ३५० सांसद हुन्छन् । ५० सिट महिलाका लागि छुट्याइएको छ ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : ५२ बजे

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि