उत्सवमय बन्दैछ यो वर्षको खेलकुद | Khabarhub Khabarhub

उत्सवमय बन्दैछ यो वर्षको खेलकुद

बृहत् खेलकुदमा सनसनी प्रदर्शनको अपेक्षा


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पेरिसमा ओलम्पिक खेलकुद पक्कै पनि यस वर्षको सबै भन्दा महत्त्वपूर्ण र बृहत् खेल महोत्सव हो। यसै वर्ष अमेरिका र क्यारेबीयन क्षेत्रमा टी-२० विश्वकप क्रिकेटको आयोजना हुँदै छ।

सन् २०२४ खेलका लागि एउटा उत्सव नै हो। यो वर्ष अमेरिकामा कोपा अमेरिका कप फुटबल प्रतियोगिता आयोजना हुँदैछ। धेरै जसो खेलकुदको विश्व च्याम्पियनसिप ‘अड इयर’मा हुने भएका कारण धेरै महत्त्वपूर्ण खेल महोत्सव आयोजना हुने छैनन्। परन्तु, कतारको दोहामा पौडीको भने विश्व च्याम्पियनसिप आयोजना हुँदैछ।

विश्व चेस च्याम्पियनसिप र फर्मुला वानको विश्व च्याम्पियनसिप यसै वर्ष आयोजना हुँदैछ। अबको वर्ष गएको वर्ष भन्दा सनसनी पूर्ण प्रदर्शन हुने अपेक्षा गर्न सकिन्छ।

नियमित रूपमा हुने टेनिसको ग्रान्डस्लाम प्रतियोगिता हुने नै भए। विश्व चेस च्याम्पियनसिप र फर्मुला वानको विश्व च्याम्पियनसिप यसै वर्ष आयोजना हुँदैछ। अबको वर्ष गएको वर्ष भन्दा सनसनी पूर्ण प्रदर्शन हुने अपेक्षा गर्न सकिन्छ।

वर्षको पहिलो महिना जनवरीमा टेनिसको अस्ट्रेलियन ओपन तथा दक्षिण कोरियाको ग्वाङज्वानमा यूथ ओलम्पिक खेलको आयोजना हुँदैछ। फेब्रुअरीमा कतारको राजधानी दोहामा विश्व पौडी च्याम्पियनसिप आयोजना हुँदैछ। परन्तु धेरै देश ओलम्पिक खेलकुदको तयारीमा रहेका कारण सो पौडी प्रतियोगितामा धेरै देशले आफ्नो पहिलो रोजाइको टोली पठाउने छैनन्। फेब्रुअरीमै दक्षिण कोरियाको बुसानमा टेबल टेनिसको विश्व च्याम्पियनसिप आयोजना हुँदैछ।

मार्च महिनामा घानामा अफ्रिकन खेलकुदको आयोजना हुँदैछ। अप्रिल महिनामा इङ्गल्यान्डमा गल्फको स्नुकरको विश्व च्याम्पियनसिपको आयोजना हुनेछ। मेदेखि जुनको बिचमा फ्रान्सको पेरिसमा फ्रेन्च ओपन टेनिस प्रतियोगिता आयोजना हुन्छ। जुलाइमा विम्बल्डन टेनिसको आयोजना हुनेछ। सोही महिना फ्रान्सको पेरिसमा भने ओलम्पिक खेलकुदको आयोजना हुने पक्का भएको छ।

अगस्टमा युएस ओपन च्याम्पियनसिप आयोजना हुँदै छ भने सोही महिना प्यारालिम्पिक खेलकुदको आयोजना हुँदैछ। सेप्टेम्बरको अन्तिम महिनादेखि अक्टोबरसम्म बङ्गलादेशमा महिला टी-२० विश्वकप क्रिकेटको आयोजना हुँदैछ। वर्षको अन्त्यमा बुढा पेस्टमा पौडीको विश्व च्याम्पियनसिप आयोजना हुनेछ।

अगस्टमा युएस ओपन च्याम्पियनसिप आयोजना हुँदै छ भने सोही महिना प्यारालिम्पिक खेलकुदको आयोजना हुँदैछ। सेप्टेम्बरको अन्तिम महिनादेखि अक्टोबरसम्म बङ्गलादेशमा महिला टी-२० विश्वकप क्रिकेटको आयोजना हुँदैछ।

हरेक ओलम्पिक खेलकुद कस्तो रहने भन्ने सवालमा अमेरिकाको प्रदर्शन कस्तो रहने भन्नेमा धेरै निर्भर रहन्छ। टोकियो ओलम्पिकमा मुस्किलले पहिलो भएको अमेरिका यस वर्ष भने धेरै नै प्रभावकारी हुने अपेक्षा गरिएको छ।

अमेरिकी जिम्न्यास्टिकका स्वर्ण युग मानिएको एउटा अध्यायको अन्त्य हुँदै नयाँ अध्यायको सुरुवात भएको छ। सन् २०१० यता अमेरिकाकाले ओलम्पिकमा दुई टिम उपाधि तथा सात विश्व च्याम्पियनसिपको उपाधि उचालेको छ। पेरिसमा अमेरिकी जिम्न्यास्टिक टोली अझ बलियो हुने अपेक्षा गरिएको छ।

सबै भन्दा बढी उमेरमा जिम्न्यास्टिकको विश्व च्याम्पियनसिपमा छाउने कीर्तिमान कायम राखेकी सिमोन वाइल्सले गत वर्ष नै छैटौँ पटक अलराउण्डको विश्व च्याम्पियनसिपको उपाधि जितेर कीर्तिमान कायम राखेकी थिइन्। अचम्म त के भयो भने टोकियो ओलम्पिकमा अलराउण्डको उपाधि विजेता सुली ली पनि मिर्गौलाको समस्याबाट पार पाउँदै फेरि खेलमा फर्किएकी छिन्। यसैगरी लन्डन ओलम्पिकको स्वर्ण पदक विजेता गेबी डगलस संन्यास फिर्ता लिएर जिम्न्यास्टिकमा फर्किएकी छिन्। पेरिसमा सहभागिताको प्रयास उनले पनि गर्ने छिन्। पछिल्लो दुई विश्व च्याम्पियनसिपमा नै पदक जितेकी सीलेसा जोन्स त पक्कै पनि हेर्न लायक खेलाडी हुन्।

गत अगस्टमा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न असमर्थ भएपछि अमेरिकाको व्यापक आलोचना भएको थियो। त्यस आलोचनाबाट पार पाउने या नपाउने ? भन्ने मुख्य चिन्ताको विषय बनेको छ। टोलीमा सोफिया स्मिथ र नाओमी गिर्माको उपस्थितिले धेरै उत्साह थपिएको छ। एमा आयसले टोलीको जिम्मेवारी सम्हाल्ने छिन्।
यस पटक सिड्नी म्याक गाउलिनले चार सय मिटर हर्डल्समा स्वर्ण पदकको प्रयास गर्ने छिन्। चार सय मिटर दौडमा भन्ने चासो सबैको छ। लगातार बाधा दौडमा आफ्नो विश्व कीर्तिमान कायम गरेकी उनले पछिल्लो समय चार सय मिटरमा आफूलाई केन्द्रित गरेकी थिइन्। परन्तु चोटका कारण उनले सन् २०२३ को विश्व च्याम्पियनसिप गुमाएकी थिइन्।

गत अगस्टमा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न असमर्थ भएपछि अमेरिकाको व्यापक आलोचना भएको थियो। त्यस आलोचनाबाट पार पाउने या नपाउने ? भन्ने मुख्य चिन्ताको विषय बनेको छ।

पौडीमा अमेरिकी टिन स्टारहरूको प्रदर्शन कस्तो रहने भन्ने चासो अर्को हो। गत विश्व च्याम्पियनसिपमा थोमस हेलम्यान दुई सय मिटर बटरफ्लाइमा चौथो भएको थिए। १५ वर्षाका नै सो सफलता पाएका उनले १६ वर्षको उमेरमा पहिलो पटक ओलम्पिकमा सहभागिात जनाउँदै छन्। यस्तै १७ वर्षका म्याक्स विलिम्सन पनि टोलीमा हुनेछन्। अर्की युवा स्टार एलेक्स केलले पनि पहिलो पटक विश्व च्याम्पियनसिपमा सहभागिात जनाएकी थिइन्। टोकियो ओलम्पिकदेखि टिममा रहेकी केटी ग्रिम र सन् २०२२ देखि टोलीमा रहेकी बेला सिम र दुई सय मिटरकी अमेरिकी च्याम्पियन क्लारी विन्स्टनको प्रदर्शन कस्तो रहने भन्ने पनि अमेरिकाका लागि महत्त्वपूर्ण हुनेछ।

ग्रैस नोटले एउटा सर्वेक्षण गरेको छ। त्यस अनुसार आगामी ओलम्पिकमा अमेरिकाले पेरिस ओलम्पिकमा १ सय २६ पदक जित्ने छ। त्यो सङ्ख्या गत ओलम्पिकको भन्दा १३ बढी हो। चीनमा दोस्रोमा त यथावत रहने तथा टोकियो ओलम्पिकको भन्दा कमजोर रहने ग्रेस नोटको अनुमान छ।

गत विश्व च्याम्पियनसिपमा थोमस हेलम्यान दुई सय मिटर बटरफ्लाइमा चौथो भएको थिए। १५ वर्षाका नै सो सफलता पाएका उनले १६ वर्षको उमेरमा पहिलो पटक ओलम्पिकमा सहभागिात जनाउँदै छन्।

ग्रेस नोटका अनुसार बेलायतले पनि ६० भन्दा बढी पदक जित्ने छ। बेलायतले नै अमेरिका र चीनलाई कुल पदकमा पछ्याउने अनुमान ग्रेसनोटको छ।

टोकियोमा ३३ पदक जितेको फ्रान्सले यस पटक आफूलाई धेरै माथि उठाउन सक्ने छ। स्वर्ण पदकको सङ्ख्यामा अमेरिका र चीनपछि फ्रान्स तेस्रो स्थानमा रहन सक्ने छ। गत दुई ओलम्पिकमा गरी २७ स्वर्ण पदक जितेको फ्रान्सले घरेलु भूमिमा एकै पटक २७ स्वर्ण पदकको अनुमान गरिएको छ।

इटालीले पनि जिम्न्यास्टिक र पौडीमा आफूलाई सुधार गर्दै ओलम्पिकमा एक खुट्किलो माथि उक्लने अनुमान गरिएको छ। अस्ट्रेलिया फेरि शीर्ष १० मा रहने छ भने ब्राजिल क्यारेबीयन टोली मध्ये सबै माथि रहने छ। स्रोतः इनफोब, टिम य्एसएस

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : १६ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः