एकवर्षमा १६ लाख नेपाली विदेशिए, धेरैको गन्तव्य यूएई, १७ सय बढी रुस पुगे (सूचीसहित) « Khabarhub

एकवर्षमा १६ लाख नेपाली विदेशिए, धेरैको गन्तव्य यूएई, १७ सय बढी रुस पुगे (सूचीसहित)


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अध्यागमन विभागले विगत एक वर्षमा विभिन्न सिलसिलामा १६ लाख भन्दा बढी नेपाली विदेशिएको जनाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म  १६ लाख ३ हजार ८ सय ३६ नेपाली विदेश गएको उल्लेख छ ।

जसमध्ये सबैभन्दा बढी २ लाख ७१ हजार ८८ जना संयुक्त अरब एमिरेट्स (यूएई) गएका छन् । यसैगरी भारत जानेको संख्या १ लाख ८० हजार ६ सय २ छ भने १ लाख ७९ हजार ४४१ जना कतार पुगेका छन् ।

यस्तै, मलेसिया १ लाख ६५ हजार २०१, साउदी अरेबिया १ लाख ३६ हजार २०३ तथा अष्ट्रेलिया १ लाख ५ हजार ३४३ रहेका छन् ।

विभागका अनुसार सन् २०२३ मा स्थायी बसोबास गर्ने उद्देश्यले ७० हजार ९१५ नेपाली विदेश गएका छन् । जसमा पुरुष ३६ हजार ६ सय ६३ र महिला ३४ हजार २५१ छन् ।

विभागको तथ्याङ्कअनुसार युद्धग्रस्त देश रुस जाने नेपालीको संख्या १ हजार ७९५ रहेको छ भने ९५ जना युक्रेन पुगेका छन् । यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट जानेहरूको मात्र हो ।

अहिले विशेष गरेर रुस–युक्रेन युद्धका कारण ती देशहरू बढी जोखिमयुक्त गन्तव्य मानिएको छ । रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा भर्ना भएका १० नेपाली मारिएका छन् भने युक्रेनले ४ नेपालीलाई बन्धक बनाएको छ ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १० : २९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल