रकम अभावले खानीखोला अस्पताल निर्माण ठप्प « Khabarhub

रकम अभावले खानीखोला अस्पताल निर्माण ठप्प


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र डाँडापारिस्थित दुर्गम खानीखोला गाउँपालिका-५ तालढुङ्गामा निर्माण सुरु गरिएको १० शय्याको आधारभूत अस्पतालको भवन निर्माण रोकिएको  छ । विसं २०७८ असार २९ गते एक वर्षमा सक्नेगरी भवन बनाउन सम्झौता गरिएको थियो । 

अस्पताल निर्माणपछि नजिककै उपचार गर्न पाउने आशामा बसेका स्थानीय उपचारका लागि सदरमुकाम आउनुपर्ने बाध्यता रहँदै आएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा नपाएकै कारण स्थानीय नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ’, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले भने ।

निर्माणाधीन अवस्थामा रहेको अस्पताल दुईतला बनेपछि अवरुद्ध भएको हो । उक्त अस्पताल निर्माण बहुवर्षीय बजेटमा समावेश गर्नुपर्ने अध्यक्ष थिङको भनाइ छ । चालु वर्षमा प्रदेश सरकारमार्फत विनियोजित तीन करोड बजेट अझै निर्माण व्यवसायीलाई भुक्तानी नहुँदा निर्माणको कामलाई निरन्तरता दिन नसकिएको हो । उनका अनुसार चालु वर्षमा निर्माण व्यवसायीको रकम भुक्तानी गरी थप कार्यका लागि बजेट विनियोजन हुँदामात्रै अस्पताल बन्ने कुराको सुनिश्चित हुन्छ ।

तत्कालीन (नेकपा) नेतृत्वको सरकारले देशभरका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण प्राथमिकतामा राखेसँगै तालढुङ्गा स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालका रूपमा विकास गर्नेगरी १० शय्याको अस्पताल निर्माण सुरु गरिएको थियो । 

तुन्दी–जम्बुदीप जेभी निर्माण कम्पनीले खानीखोला गाउँपालिकाको आधारभूत अस्पताल निर्माणका लागि १२ करोड ५४ लाखमा सम्झौता गरेको थियो । निर्माण व्यवसायीलाई कार्यसम्पन्न गरेका आधारमा दुई करोड ५० लाख भुक्तानी गरिएको जनाएको छ ।

पहाडी क्षेत्र भएका कारण खानीखोलाबाट सदरमुकाम आउने कच्ची सडक सामान्य वर्षामा पनि अवरोध हुने गर्दछ । खानीखोला मकवानपुर जिल्लाबाट नजिकै भए पनि वाग्मती खोलामा विसं २०७३ मा ठेक्का लगाइएको पुल निर्माण नहुँदा आवतजावतमा निकै कठिनाइ छ । 

उक्त गाउँपालिकामा सुत्केरी महिला उत्थान कार्यक्रम लागू नहुँदा छिमेकी महाभारत गाउँपालिकामा ल्याई सुत्केरी हुन नसकेका महिलाको उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ । 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १२ : ४० बजे

पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङ (तस्बिरहरू)

धादिङ– रसुवा बाढीका कारण त्रिशूली नदीले सडक कटान गर्दा भासिएको

 भोटेकोशी बाढी : अठार विद्यालयमा क्षति

काठमाडौं– भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित

प्रधान सेनापति सिग्देल चीनतिर, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४