दूरसञ्चारका अध्यक्ष खनालले दिए राजीनामा « Khabarhub

दूरसञ्चारका अध्यक्ष खनालले दिए राजीनामा


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । अध्यक्ष खनालले मंगलबार बिहान राजीनामा दिएको सञ्चार मन्त्रालयले जानकारी दिएको छ । 

खनाल २०७६ साल साउन ६ गते प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । २०७५ पुस ११ मा तत्कालीन अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि वरिष्ठ निर्देशक पदमा कार्यरत खनाललाई सरकारले निमित्त अध्यक्षको जिम्मेवारी दिएको थियो ।

पछिल्लो समय मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को पूर्ण कार्यान्वयनमा समस्या आइरहेको बेला  प्राधिकरणका अध्यक्ष खनालले राजीनामा बुझाएका हुन्।

त्यस्तै, टेरामक्स प्रणाली खरिदमा अनियमितता भएको भन्ने विषय उठिरहेको छ। इन्टरनेट सेवा प्रदायकहरूसँग कर असुलीलगायत मुद्दाहरू पनि चलिरहेको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १ : ५९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र