दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण सडकमै « Khabarhub

दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण सडकमै


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सडक दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रम बानेश्वर–गौशाला सडक खण्डको बत्तिसपुतलीमा सम्पन्न गरेको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सफा ट्याम्पो काठमाडौं जिल्ला कमिटीले गरेको कार्यक्रममा सवारी चालक सहचालक तथा सडक प्रयोगकर्ताको सहभागिता रहेको थियो ।

सडक दुर्घटना न्यूनीकरण कार्यक्रममा बोल्दै गौशाला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ सहायक इन्स्पेक्टर परशुराम जोशीले सडक दुर्घटना निर्मूल पार्न नसकिए पनि सचेतना अभियान निरन्तर चलाउँदै गयो भने कम गर्न सकिने बताए ।

सडक प्रयोगकर्ता र चालकहरूमा ट्राफिक सङ्केत चिन्ह र ट्राफिक ज्ञान वृद्धि गर्न सकिए सडक दुर्घटना न्यूनीकरण हुने उनको भनाई छ ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले देशमा प्रत्येक दिन ७ देखि ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको बताए ।

सडक दुर्घटनामा परेर वर्षमा सरदर २ हजार ८ सय ८० जनाले ज्यान गुमाएको र १४ हजार ४ सय व्यक्ति घाइते भएको उनको भनाई छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : ३४ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन– भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौं– पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र