बाँकेमा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ  | Khabarhub Khabarhub

बाँकेमा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ 


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

बाँकेनेपालगञ्ज उपमहानगरपालिका जमुनाहस्थित नेपाल भारत प्रवेशद्वारमा सशस्त्र प्रहरी बल, नेपालद्वारा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ गरिएको छ । 

कार्यक्रम नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीको तत्त्वावधाननेपालगञ्ज उप–महानगरपालिकाको सहकार्यमा नं. ३० बागेश्वरी गण बाँकेले आयोजना गरेको थियो । 

कार्यक्रम अन्तर्गत जमुनाहस्थित नेपाल–भारत प्रवेशद्वारको सरसफाइ र रंगरोगनसहित गमलामा विभिन्न प्रजातिका बिरुवा र फूल राखिएका छन् भने प्रवेशद्वारमा राष्ट्रिय झण्डा समेत राखिएको छ । 

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालको क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीको सौजन्यमा स्थानीय बासिन्दा र नेपाल भारत सीमा आवतजावत गर्ने सर्वसाधारणका लागि यू.भि.फिल्टर जडित शुद्ध खानेपानी समेत राखिएको छ । 

झन्डोत्तोलन तथा खानेपानी सेवाको सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल तथा नेपालगञ्ज उप–महानगरपालिका प्रमुख प्रशान्त बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपालगंज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्टले सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा गर्ने यस प्रकारका कार्यहरूमा नेपालगंज उप–महानगरपालिकाले सदैव सहकार्य गर्ने प्रतिबद्धता जनाएका  थिए । 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : ५२ बजे

सडक बनेको १८ वर्षपछि स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका-६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र

मधेश प्रदेशमा मनसुनको सामान्य प्रभाव : यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं – मधेस प्रदेशमा मनसुनको सामान्य प्रभाव देखिन थालेको मौसमविद्ले

विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुँदै

दमौली– तनहुँको व्यास नगरपालिकाका सडक स्तरोन्नति सुरु भएको छ ।

ताप्लेजुङको फक्ताङ्लुङ पहिरोमा परेर गाउँपालिका उपाध्यक्षका बावु, आमा र दुई बहिनीको निधन

ताप्लेजुङ – गएराति ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम, तिङ्दुमा बाढीमा परेर

मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मध्य