बाँकेमा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ  « Khabarhub

बाँकेमा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ 


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

बाँकेनेपालगञ्ज उपमहानगरपालिका जमुनाहस्थित नेपाल भारत प्रवेशद्वारमा सशस्त्र प्रहरी बल, नेपालद्वारा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ गरिएको छ । 

कार्यक्रम नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीको तत्त्वावधाननेपालगञ्ज उप–महानगरपालिकाको सहकार्यमा नं. ३० बागेश्वरी गण बाँकेले आयोजना गरेको थियो । 

कार्यक्रम अन्तर्गत जमुनाहस्थित नेपाल–भारत प्रवेशद्वारको सरसफाइ र रंगरोगनसहित गमलामा विभिन्न प्रजातिका बिरुवा र फूल राखिएका छन् भने प्रवेशद्वारमा राष्ट्रिय झण्डा समेत राखिएको छ । 

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालको क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीको सौजन्यमा स्थानीय बासिन्दा र नेपाल भारत सीमा आवतजावत गर्ने सर्वसाधारणका लागि यू.भि.फिल्टर जडित शुद्ध खानेपानी समेत राखिएको छ । 

झन्डोत्तोलन तथा खानेपानी सेवाको सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल तथा नेपालगञ्ज उप–महानगरपालिका प्रमुख प्रशान्त बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपालगंज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्टले सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा गर्ने यस प्रकारका कार्यहरूमा नेपालगंज उप–महानगरपालिकाले सदैव सहकार्य गर्ने प्रतिबद्धता जनाएका  थिए । 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : ५२ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको