संवैधानिक परिषद्मा निर्णय प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा समितिको जोड « Khabarhub

संवैधानिक परिषद्मा निर्णय प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा समितिको जोड


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले संवैधानिक परिषद्मा निर्णय प्रक्रिया र गणपुरकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलमा उनीहरूले गणपूरक संख्या नपुग्दा बैठक प्रभावित हुने अवस्थालाई ध्यान दिएर कानून संशोधन गर्नुपर्नेमा जोड दिएका हुन् । 

बैठकमा प्रतिपक्षी सांसदहरुले अध्यक्ष बाहेकको बहुमतका आधारमा निर्णयको व्यवस्था हुनुपर्ने धारणा राखेका थिए भने सत्तापक्ष सांसदले नियतबस बैठकमा अनुपस्थित हुँदा बैठक नै प्रभावित हुने अवस्था आउन दिन नहुनेमा जोड दिएका थिए । 

समिति सदस्य महेश बर्तौलाले प्रतिपक्ष दलका नेता बैठकमा उपस्थित नभए पनि चाहेको व्यक्तिले नियुक्ति पाएको यसअघि देखिएकाले अव अध्यक्ष बाहेकको सदस्यको बहुमतका आधारमा निर्णय गर्नुपर्ने बताए । संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई विशेषाधिकार दिने प्रस्ताव उचित नभएकाले सच्चाउनुपर्ने उनले बताए ।

त्यस्तै समिति सदस्य दिलेन्द्र बडुले एकपक्षीय बैठक नबोलाउने अर्को पक्ष बैठकमा नजाने प्रवृत्तिलाई अन्त्य हुने गरि कानून बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै समिति सदस्य रवि लामिछानेले नियुक्ति सिफारिस नै मेरिटका आधारमा हुन सक्ने संविधान र लोकतन्त्रको सम्मान हुन सक्ने बताए । उनले चुनाव हारेकाहरु राष्ट्रियसभा निर्वाचनमा उठिरहेको र पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको भन्दै व्यवस्थामाथि हाइज्याक भइरहेको जिकिर गरे ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बहुमत प्राप्त प्रधानमन्त्रीको अधिकारलाई पन्छ्याउनु उचित नहुने बताइन् । उनले परिषद्मा रहेका व्यक्ति विशेषलाई नहेरी विधि र प्रक्रिया ठिक अपनाउनेतर्फ सुझाव दिनुपर्ने धारणा राखे । नियुक्ति गर्नका लागि नै अर्को समिति बनाउने विषय उचित नहुने उनको भनाइ छ ।

विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएलगत्तै समितिमा मंगलबारबाट दफावार छलफल सुरु भएको हो । 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : ०२ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा