बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना « Khabarhub

बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि बढाइएको छ । बर्खामा नदीमा बाढीको सतह बढेपछि म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि सञ्चालित आयोजनाको काम रोकिएको थियो । हिउँद लागेसँगै पानीको सतह घटेपछि रोकिएको बस्ती संरक्षणको काम सुरु भएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि थप सात ठाउँमा रु ५० करोडको लागतमा योजना सञ्चालन गरेको छ । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित आयोजना निर्माणले तीव्रता पाएको परियोजनाका इञ्जीनीयर कृष्ण विश्वकर्माले बताएका छन् ।

 नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले बेनी नगरपालिका–८ स्थित कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ । सो ठेक्कामार्फत यसअघि कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजित पर्खाल निर्माण भएको थियो । 

मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा दुई प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल बनाउन रु पाँच करोड ७७ लाखमा सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ । बेनी नगरपालिका–२ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजित पर्खाल बनाउन दुई करोड ३० लाखमा ठेक्का सम्झौता गरेको हिमालयन कन्ट्रक्सनले निर्माण सकेको छ । 

बेनी–९ स्थित राहुघाट नदी किनारमा रु ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बिआरटिले दुई करोड ६८ लाखमा ठेक्का लिएको योजना अन्तिम चरणमा छ । जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो पर्खाल बनाउन तीन करोड २० लाखमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले निर्माण सम्पन्न गर्ने चरणमा छ ।

कालीगण्डकी र राहुघाट नदीको दोभानस्थित जलजला गाउँपालिका–२ को राममन्दिरमा पक्की पर्खाल बनाउन रु चार करोड ३२ लाखमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले कम्पोजित पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । 

पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा नदी नियन्त्रणका लागि ८४ मिटर लामो र आठ मिटर अग्लो कम्पोजित पर्खाल निर्माण सुरु भएको छ । गत असारमा रु तीन करोड पचास लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले कालीगण्डकीलाई डाईभर्सन गरेर पर्खाल बनाउन जग खन्ने काम सुरु गरेको छ । 

 निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले आगामी असारभित्र पर्खाल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उपकरण, मजदुरी परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको बताए। निर्माण कार्यलाई सहज बनाउन कालीगण्डकीलाई डाईभर्सन गरेर अस्थायी रुपमा म्याग्दीको बेनीतर्फबाट बगाइएको जिसीले बताए। नदी किनारमा पक्की पर्खाल निर्माण भएपछि करिब तीन सय परिवारको बसोबास रहेको वारीबेनी बजारका बासिन्दा कालीगण्डकीको कटानबाट जोगिने छन् । 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : ४५ बजे

चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी झापा जिल्ला

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, दुई लाख ३० हजार जना अस्पताल भर्ना

एजेन्सी – अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट

झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र

कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट

काठमाडौं- नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया शनिबार नेकपा एमालेमा प्रवेश

विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि झापा-१ मा नयाँ नाम सिफारिस

झापा– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा