तामाकोशी गाउँपालिकाको केन्द्र सात वर्ष पछि जफे तोकियो « Khabarhub

तामाकोशी गाउँपालिकाको केन्द्र सात वर्ष पछि जफे तोकियो


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको केन्द्र मतदानबाट जफेको मानेडाँडा तोकिएको छ । पालिकाको केन्द्र ११औँ गाउँ सभाबाट मतदानमार्फत वडा नम्बर-३ काे जफेस्थित डाँडागाउँ तोकिएको हो ।

उक्त केन्द्र हुन्छ भने पक्षमा जम्मा खसेको ३८ मत मध्ये २९ मत प्राप्त भएको निर्वाचन मण्डलका सदस्य रामकुमार कार्कीले जानकारी दिए ।

कार्की अनुसार हुँदैन भन्ने पक्षमा ५ मत खसेको थियो । त्यस्तै खाली ठाउँमा दुई मत र दुई मत बदर भएको जनाइएको छ । दुई तिहाइ मतका लागि २६ मतको आवश्यक थियो । तर मानेडाँडाको लागि २९ मत खसेको हो ।

लामो समय देखि केन्द्र तोक्ने विषयमा विवाद झेल्दै आएको पालिकाले ७ वर्षपछि बहुमत जुटाउँदै केन्द्र तोकेको हो । यसअघि छौँडे र मालु डाँडागाउँको पक्षमा २०/२० मत खसेको थियो ।

सङ्घीय संरचनामा गएपछि गाउँपालिकाको दोस्रो नेतृत्वले निर्वाचित भएको २० महिनापछि केन्द्र तोक्न सफल भएको हो ।

कानुनी प्रावधान अनुसार गाउँ सभाको दुई तिहाइ बहुमतले केन्द्र तोक्न सक्ने व्यवस्था भएअनुसार उक्त स्थानमा बहुमतले केन्द्र तोकेको हो ।

राज्य पुनसंरचना आयोगले पनि पालिकाको केन्द्र मानेडाँडा सिफारिस गरेको थियो ।

सुबास बस्नेत 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : १२ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल