तामाकोशी गाउँपालिकाको केन्द्र सात वर्ष पछि जफे तोकियो « Khabarhub

तामाकोशी गाउँपालिकाको केन्द्र सात वर्ष पछि जफे तोकियो


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको केन्द्र मतदानबाट जफेको मानेडाँडा तोकिएको छ । पालिकाको केन्द्र ११औँ गाउँ सभाबाट मतदानमार्फत वडा नम्बर-३ काे जफेस्थित डाँडागाउँ तोकिएको हो ।

उक्त केन्द्र हुन्छ भने पक्षमा जम्मा खसेको ३८ मत मध्ये २९ मत प्राप्त भएको निर्वाचन मण्डलका सदस्य रामकुमार कार्कीले जानकारी दिए ।

कार्की अनुसार हुँदैन भन्ने पक्षमा ५ मत खसेको थियो । त्यस्तै खाली ठाउँमा दुई मत र दुई मत बदर भएको जनाइएको छ । दुई तिहाइ मतका लागि २६ मतको आवश्यक थियो । तर मानेडाँडाको लागि २९ मत खसेको हो ।

लामो समय देखि केन्द्र तोक्ने विषयमा विवाद झेल्दै आएको पालिकाले ७ वर्षपछि बहुमत जुटाउँदै केन्द्र तोकेको हो । यसअघि छौँडे र मालु डाँडागाउँको पक्षमा २०/२० मत खसेको थियो ।

सङ्घीय संरचनामा गएपछि गाउँपालिकाको दोस्रो नेतृत्वले निर्वाचित भएको २० महिनापछि केन्द्र तोक्न सफल भएको हो ।

कानुनी प्रावधान अनुसार गाउँ सभाको दुई तिहाइ बहुमतले केन्द्र तोक्न सक्ने व्यवस्था भएअनुसार उक्त स्थानमा बहुमतले केन्द्र तोकेको हो ।

राज्य पुनसंरचना आयोगले पनि पालिकाको केन्द्र मानेडाँडा सिफारिस गरेको थियो ।

सुबास बस्नेत 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : १२ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने