'डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्न प्रयत्नशील छौँ' | Khabarhub Khabarhub

‘डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्न प्रयत्नशील छौँ’


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्न प्रयत्नशील रहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधानका लागि उपयुक्त विकल्पको खोजीमा रहेको र छिटै समाधान निस्कने बताएका हुन् । उनले तीन दिनभित्र समाधानको उपयुक्त बिन्दु पहिल्याउने दावी समेत गरे ।

मन्त्री बस्नेतले नियमनकारी निकायले स्पष्ट जवाफ दिन नसक्दा अहिले समस्या देखिएको जिकिर गरे । त्यस्तै उनले १२ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताए । उनले आन्तरिक खपत बढाउनका लागि सरकारले स्पष्ट कार्ययोजना तयार पारेर कार्यान्वयनमा लगेको धारणा राखे ।

बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन विवाद छिटै समाधान हुने बताए। उनले सबै निकाय र अख्तियारले पनि सुझावको महसुल उठाउन भनेकाले महसुल उठाउने बाहेक विकल्प नरहेको स्पष्ट पारे । उनले विलिङमा पनि प्रश्न उठाउने गरेको भन्दै प्राधिकरण आफैले चाहेर युनिट बढाउन नसक्ने बताए ।

बैठकमा समिति सदस्यहरूले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत प्रयोग गरेको महसुल विवाद समाधान गर्न सुझाव दिएका थिए । साथै उनीहरूले नेपाल भारतबीच भएको सम्झौताका बारेमा पनि प्रश्न गरेका थिए । 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : ११ बजे

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा

आकर्षक गन्तव्य बन्दै आमपानी झरना

कैलाली– आमपानी झरना कैलालीको लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर