‘डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्न प्रयत्नशील छौँ’ « Khabarhub

‘डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्न प्रयत्नशील छौँ’


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्न प्रयत्नशील रहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधानका लागि उपयुक्त विकल्पको खोजीमा रहेको र छिटै समाधान निस्कने बताएका हुन् । उनले तीन दिनभित्र समाधानको उपयुक्त बिन्दु पहिल्याउने दावी समेत गरे ।

मन्त्री बस्नेतले नियमनकारी निकायले स्पष्ट जवाफ दिन नसक्दा अहिले समस्या देखिएको जिकिर गरे । त्यस्तै उनले १२ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताए । उनले आन्तरिक खपत बढाउनका लागि सरकारले स्पष्ट कार्ययोजना तयार पारेर कार्यान्वयनमा लगेको धारणा राखे ।

बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन विवाद छिटै समाधान हुने बताए। उनले सबै निकाय र अख्तियारले पनि सुझावको महसुल उठाउन भनेकाले महसुल उठाउने बाहेक विकल्प नरहेको स्पष्ट पारे । उनले विलिङमा पनि प्रश्न उठाउने गरेको भन्दै प्राधिकरण आफैले चाहेर युनिट बढाउन नसक्ने बताए ।

बैठकमा समिति सदस्यहरूले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत प्रयोग गरेको महसुल विवाद समाधान गर्न सुझाव दिएका थिए । साथै उनीहरूले नेपाल भारतबीच भएको सम्झौताका बारेमा पनि प्रश्न गरेका थिए । 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : ११ बजे

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार