ज्यान मार्ने उद्योग कसुरमा ६० वर्षीय वृद्ध पक्राउ « Khabarhub

ज्यान मार्ने उद्योग कसुरमा ६० वर्षीय वृद्ध पक्राउ


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

गोरखा– ज्यान मार्ने उद्योग कसुरमा पालुङटार नगरपालिका–१० धौखोला चारघरेका ६० वर्षीय तिलकबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार तिलकबहादुरले खुर्पा प्रहार गर्दा ४७ वर्षीय हिराबहादुर विश्वकर्मा घाइते भएका थिए। हिराबहादुरको टाउको र गालामा गम्भीर चोट लागेको र उनको अन्नपूर्ण अस्पताल कास्की पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ज्यान मार्ने नियतले धारिलो हतियार प्रहार गरेको आरोपमा सोमबार तिलकबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो। हिराबहादुर नाताले तिलकबहादुरका भाइ हुन्।

पक्राउ परेका तिलकबहादुरलाई मंगलबार ज्यान मार्ने उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : ३५ बजे

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको

सहरी सरसफाइ र स्वच्छता कायम गराउने प्रक्रियामा गल्ती गर्ने छुट छैन : सुनिता डंगोल

काठमाडौं – महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी सरसफाइ र

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको