राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजबाट सुरु « Khabarhub

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजबाट सुरु


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- मध्यपुर थिमीमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजबाट सुरु भएको छ। नेपाल भारोत्तोलन संघले भक्तपुरको मध्यपुर थिमीस्थित थिमी व्याक्वेटमा आजबाट प्रतियोगिता सुरु गरेको हो।

संघको शाखा कार्यालय रहेका २१ जिल्लासहित देशका विभिन्न क्षेत्रबाट महिला र पुरुष गरी दुई सय जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छन्।

हरेक वर्ष राष्ट्रिय स्तरमा आयोजना हुँदै आएको भारोत्तोलन प्रतियोगिता यस वर्ष भक्तपुरमा आयोजना गरेको चर्चा गर्दै संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले प्रतियोगितामा जुनियरदेखि सिनियरसम्मका खेलाडीबीच प्रतिस्पर्धा हुने बताए।

नयाँ खेलाडीलाई पनि राष्ट्रियस्तरको प्रतियोगितामा खेल्ने अवसरको रूपमा प्रतियोगिता आयोजना भएको उनले बताए। विभिन्न १० विधामा २६औं पुरुष र ११औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना भएको भन्दै अध्यक्ष श्रेष्ठले प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले आज दिउँसो उद्घाटन गरेको जानकारी दिए।

कूल ८६ लाख लागत इष्टिमेटमा आयोजित सो प्रतियोगिताको पुरस्कार वितरण बिहीबार दिउँसो आयोजना हुने भन्दै अध्यक्ष श्रेष्ठले आज र भोली दिनभर प्रतियोगिता आयोजना गरी पर्सिको दिनमा केही फाइनलमात्र देखाएर विजयी खेलाडीलाई पुरस्कृत गर्ने तयारी रहेको अध्यक्ष श्रेष्ठले बताए।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : ४१ बजे

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही