राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजबाट सुरु « Khabarhub

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजबाट सुरु


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- मध्यपुर थिमीमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजबाट सुरु भएको छ। नेपाल भारोत्तोलन संघले भक्तपुरको मध्यपुर थिमीस्थित थिमी व्याक्वेटमा आजबाट प्रतियोगिता सुरु गरेको हो।

संघको शाखा कार्यालय रहेका २१ जिल्लासहित देशका विभिन्न क्षेत्रबाट महिला र पुरुष गरी दुई सय जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छन्।

हरेक वर्ष राष्ट्रिय स्तरमा आयोजना हुँदै आएको भारोत्तोलन प्रतियोगिता यस वर्ष भक्तपुरमा आयोजना गरेको चर्चा गर्दै संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले प्रतियोगितामा जुनियरदेखि सिनियरसम्मका खेलाडीबीच प्रतिस्पर्धा हुने बताए।

नयाँ खेलाडीलाई पनि राष्ट्रियस्तरको प्रतियोगितामा खेल्ने अवसरको रूपमा प्रतियोगिता आयोजना भएको उनले बताए। विभिन्न १० विधामा २६औं पुरुष र ११औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना भएको भन्दै अध्यक्ष श्रेष्ठले प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले आज दिउँसो उद्घाटन गरेको जानकारी दिए।

कूल ८६ लाख लागत इष्टिमेटमा आयोजित सो प्रतियोगिताको पुरस्कार वितरण बिहीबार दिउँसो आयोजना हुने भन्दै अध्यक्ष श्रेष्ठले आज र भोली दिनभर प्रतियोगिता आयोजना गरी पर्सिको दिनमा केही फाइनलमात्र देखाएर विजयी खेलाडीलाई पुरस्कृत गर्ने तयारी रहेको अध्यक्ष श्रेष्ठले बताए।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : ४१ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक