पुरुष भलिबल : गण्डकीसहित तीन विभागीय टोली सेमीफाइनलमा « Khabarhub

पुरुष भलिबल : गण्डकीसहित तीन विभागीय टोली सेमीफाइनलमा


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशसहित तीन विभागीय टोली सेमीफाइनलमा पुगेका छन् ।

प्रतियोगिताको पाँचौँ दिनसम्म आइपुग्दा गण्डकी, एपिएफ, नेपाल आर्मी र पुलिस क्लब सेमीफाइनलमा पुगेका हुन् । बुधबार बिहान १०ः३० बजे पहिलो सेमीफाइनलमा समूह ‘ए’को विजेता सशत्र प्रहरी (एपीएफ) र गण्डकी प्रदेश भिड्ने छन् । साविक विजेतासमेत रहेको एपिएफ समूहका सबै चार खेलमा शतप्रतिशत नतिजासहित १२ अङ्क जोड्दै समूह विजेता बनेको हो ।

गण्डकी भने समूह चरणमा तीन खेल जित्दा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । यसले समूह चरणका तीन खेल जितेर नौ अङ्क प्राप्त गरेको छ । बुधबार दिउँसो १ बजे हुने दोस्रो सेमीफाइनल खेलमा समूह ‘बी’को विजेता आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

पुलिस भने समूह चरणमा अर्को विभागीय टोली एपिएफसँग पराजित भएपछि उपविजेताका रुपमा नौ अङ्कसहित अन्तिम चारमा पुगेको हो । आर्मीले समूह चरणका चारै खेल जितेर १२ अङ्क प्राप्त गरेको छ ।

बुधबार पहिलो र दोस्रो चरणमा हुने सेमीफाइनलका दुई विजेता टोली फाइनल खेलका लागि छनोट हुनेछन् । फाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ । यही पुस २० गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताबाट कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश बाहिरिएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : ४८ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको